Bisal Chautari Logo

अभिनेता अमिरले भने–‘चेन्नई एक्सप्रेसको रेकर्ड ब्रेक गर्न छैन, दर्शकले मनपराए हुन्छ

- ४ आश्विन २०७०, शुक्रबार ०७:२० मा प्रकाशित


बलिउडमा अभिनेता आमिर खानका चलचित्रले सफलताको नयाँ रेकर्ड बनाउछन् । उनले नै अभिनय गरेको सिनेमाले पहिलो पटक १ सय र २ सय करोडको व्यापार गरेका थिए । तर आमिरको चलचित्र ‘थ्री इडियट्स’ले बनाएको २०२ करोडको रेकर्डलाई साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले तोडेको छ ।

यो चलचित्रले आफ्नो लाइफटाइम व्यापार २२७ करोड पुर्‍याएको छ । यसैले यतिबेला बलिउडमा यो रेकर्डलाई कसले तोड्छ या तोड्न सक्छन् सक्दैनन् भन्ने अड्कल सुरु भैसकेको छ । यो भिडमा आमिर खान अभिनित चलचित्र ‘धुम ३’ अग्रपंक्तीमा छ । तर बलिउड अभिनेता आमिर खानले भने चेन्नइको रेकर्ड तोड्ने कुनै सोच नभएको बताएका छन् । उनले भनेका छन्, ‘बक्स अफिसको रकेर्डमा मलाई कुनै ईच्छा छैन, म चाहन्छु मेरो चलचित्रले दर्शकलाई खुशी बनाओस् र उनीहरु सन्तुष्ट होउन ।’ ‘म दर्शकको माया पाउन चाहन्छु र सधै यही कुरामा म तिर्खाएको हुन्छु, यसैले पनि हरेक सिनेमामा म नयाँ प्रयोग गर्न चाहन्छु र उनीहरुलाई सरप्राइज दिन चाहन्छु’, आमिरले भनेका छन् ।

प्रतिक्रिया