Pema lama first albam words of pema lama
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत २, सोमबार । इजरायलमा रोजगारी गर्दै आएकी गीतकार पेमा लामाले डेब्यु एल्बम ‘पेमा’ वडंर्स अफ पेमा लामा’ श्रोतामाझ ल्याएकी छन् । हिजो राजधानीमा आयोजित एक औपचारीक कार्यक्रममा गायिका कुन्ती मोक्तान र नेपाल गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालले संयुक्त रुपमा एल्बम सार्वजनिक गरे ।
एल्बममा यो मायाले तिम्रै माया खोज्यो, आऊ बस मायालु, तिम्रै बारेमा सोच्छु सँधै, तिमी आयो यो जिन्दगीमा, सपनीमा देखे तिमीलाई बोलका गीत छन् । दुई गीतमा पेमाले स्वर दिएकी छन् भने बाँकी गीतमा अञ्जु पन्त, कमल खत्री, मेलिना राईको पनि स्वर रहेको छ । गीतमा अविद, टिका बम्जन, कमल खत्री, राजशुक्र लिम्बुको संगीत रहेको छ ।
कार्यक्रममा आऊँ बस मायालु र तिम्रै बारेमा सोच्छु सँधै बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । विशाल भण्डारी र विभोर पोखरेलले निर्देशन गरेको भिडियोमा वर्षा राउत, पल शाह, पेमा लगायतको अभिनय रहेको छ ।
वरिष्ठ गायिका मोक्तानले प्रवासमा रहेर पनि गीत रचना गरेकोमा बधाई दिईन् भने गीतकार दाहालले महिला गीतकारको आगमनले संगीतमा नयाँ सम्भावना बढेको बताए। एल्बमलाई भाइब्स क्रिएसनले बजारमा ल्याएको हो ।
प्रतिक्रिया