Bisal Chautari Logo

नन्दिता केसी :– ‘मेरा कम्मर माथिका अंग राम्रा’

- १ चैत्र २०७१, आईतवार १५:२६ मा प्रकाशित


nandita kc My loins good upper limb

(फन्नि संवाद)

– नन्दिता केसी, अभिनेत्री

nandita kc
संसारमा भूतप्रेत होला कि नहोला ?
छ जस्तो लाग्छ । किनभने मलाई पनि एकचोटि तर्साएको छ । एकदमै डर लाग्छ । त्यस अगाडि म पनि भूत हुन्छ भनेर पत्याउदिन थिए ।nandita kc (2)
तपाईंलाई भूतले झापड हाने के गर्नुहुन्छ ?
भूतले एक झापड हाने म पनि दुई झापड हानिदिन्छु ।
तपाईंको ब्वाइफ्रेण्डले चन्द्रमामा जाने अवसर पाउदा अर्कै केटीलाई लिएर गए के गर्नुहुन्छ ?
मेरो ब्वाईफ्रेण्ड त छैन, तर यदी भयो र त्यसो गर्‍यो भने म पनि अर्को ब्वाइफ्रेन्ड बनाएर अर्को ग्रहमा जान्थे नि ।
ब्वाइफ्रेण्डले विवाह गर्ने भन्दै कोठीमा लगेर बेचिदियो भने ?
त्यसो गर्‍यो भने मेरो लुगा त्यो केटालाई लगाइदिन्थे अनि आफूचाहि उसका लुगा लगाएर सुटुक्क भागिहाल्थे ।
तपाईंले हेरेका मध्ये झुर फिल्म कुन हो ?
हिन्दी फिल्म ‘एक मे और एक तु’ ।
आर्यन, राजवल्लभ, र जीवनमध्ये कुनै एकलाई झापड हान्न छुट पाए कसलाई हान्ने ?
एक जनालाई मात्रै त नहान्ने । हान्न छुटै पाए तीनै जनालाई हान्ने तर माया गरेर ।
आफ्नो कम्मरमाथिको कुनै अंग हटाउनुपर्ने बाध्यता आए कुनचाहि हटाउनु हुन्छ ?
मलाई त कम्मरमुनिका भन्दा कम्मरमाथिका अंगचाहि राम्राँ लाग्छन् । अं… त्यस्तो बाध्यता आइपरिहाले मुखचाहि हटाइदिन्थे । अनि त खान पनि पर्दैनथ्यो, बोल्न पनि पर्दैनथ्यो ।
कति–कति दिनमा यौनचाहना उत्पन्न हुन्छ ?
ओहो, अहिलेसम्म त्यस्तो मनै छैन, त्यसबारे कुनै इच्छा पनि छैन ।
सुन्नेले पत्याउलान् त ?
पत्याउनु–नपत्याउनु आफ्नो ठाउमा छ तर मलाई मनै लाग्दैन त के गरु ?
(सौर्य दैनिकमा २०१२ अप्रिलमा प्रकाशित)

YOUR COMMENT HERE

प्रतिक्रिया