priyanka karki and Saugat Bista Youngest Director Movie Year person
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन २९, शुक्रबार । अभिनेत्री प्रियंका कार्की र ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल निर्देशक सौगात विष्ट ‘चलचित्र बर्ष व्यक्ति–२०७१’ बाट सम्मानित भएका छन् ।
फिल्मीखबर साप्ताहिकले स्थापनाको पाचौं बर्ष पुरा गरि छैठौ बर्षमा प्रवेश गरेको अवसरमा काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सो सम्मान सहित साप्ताहिक पत्रिकाको जन्मदिन मनाइएको हो ।
बर्ष व्यक्ति पुरुषका रुपमा ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सौगात बिष्टलाई सम्मानि गरियो, भने बर्ष व्यक्ति महिला तर्फ भने अभिनेत्री प्रियंका कार्कीलाई सम्मानित गरियो ।
सम्ममान समारोहमा बोल्दै पत्रिकाका सम्पादक शान्तिप्रियले सौगातले सानो उमेरमै यति महत्वपुर्ण रेकर्ड बनाएर नेपाल र नेपालीको नाम राखेको भन्दै सम्मान गरिएको बताए । यस्तै, प्रियंका कार्की बर्ष २०७१ मा स्क्यान्डल, गसिपका साथै सर्वाधिक धेरै चलचित्रमा अभिनय गर्ने अभिनेत्री भएकाले सम्मानित गरिएको बताए । त्यस्तै पत्रिकाका प्रकाशक प्रदिप उदयले नेपाली चलचित्रको विकास र विस्तारका लागि सधै नै लागिपर्ने बताए ।
निर्देशक सौगात बिष्टले सबैलाई धन्यवाद दिए भने अभिनेत्री प्रियंका कार्कीले आफूलाई छोटो समयमा सबैले दिएको मायाका कारण आज यो सम्मान पाउन सफल भएको बताइन् ।
प्रतिक्रिया