Bisal Chautari Logo

नाई नभन्नू ल ३ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- २७ फाल्गुन २०७१, बुधबार १९:१८ मा प्रकाशित


NAI NABHANNU LA 3 TRAILER
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन २७, बुधबार । दर्शकको निकै लामो पर्खाइपछी यस वर्ष आसा मानिएको चलचित्र नाई नभन्नू ल ३ को ट्रेलर सार्वजनिक गरिएको छ ।

NAI NABHANNU LA 3 TRAILERसार्वजनिक ट्रेलरमा नाई नभन्नु ल र २ का केही दृश्य समावेश गर्दै सिनेमाको गीतलाई बढी प्राथमिकता दिइएको छ ।
आउदो चैत्र २७ गते देखि देशब्यापी प्रर्दशनमा आउन लागेको चलचित्रको सार्वजनिक ट्रेलरमा अनुभव रेग्मि, प्रियंका कार्की, संयम पुरी, आर्यन सिक्देलको डाईलग समावेश गरिएको छ । ट्रेलरमा संचिता लुइाटेल, सुरज सिंह ठकुरी र आश्मा डिसीको डाईलग समावेश गरिएको छैन ।
ब्लाक बस्टर हिट गीत दिइरहेका संगीतकार बसन्त सापकोटाको संगीत सिनेमाको ट्रेलरमापनि देखिन्छ । ट्रेलरमा सार्वजनिक सिनेमाको शिर्ष गीत र ‘पटुकी माथि कम्बर’ बोलको गीतलाई पनि समावेश गरिएको छ । सिनेमाको गीत चर्चित गायक राजेश पायल राई, मेलिना राई, रजिना रिमाल, बाल गायक साम्योग योगी लगायतले गाएका छन् ।
बिकाश आचार्य कृत चलचित्र नाई नभन्नु ल–३लाई मुस्कान ढकालले निर्देशक गरेका हुन् । यो सिनेमाको रिलिज अन्य दुई ठूला मेकरका चलचित्र ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’पनि रिलिज हुदैछ ।

सार्वजनिक ट्रेलर हेरौँ

प्रतिक्रिया