Bisal Chautari Logo

भिजे तथा कलाकार सुरजसिंह जंगबहादुर बन्दै

- ५ आश्विन २०७०, शनिबार ०९:३५ मा प्रकाशित


५ आश्विन, काठमाडौ । भिजे तथा कलाकार सुरजसिंह ठकुरी अब जंगबहादुर राणा बन्ने भएका छन् । अस्ट्रेलियामा चलचित्र अध्ययन गरेका उत्कल थापाको डेब्यु निर्देशनमा बन्ने चलचित्रमा ठकुरीलाई जंगबहादुरका रुपमा पर्दामा उतार्न लागिएको हो । छायांकार तथा निर्माता सुसन प्रजापतिको निर्माणमा बन्न लागेको जंगे नाम दिइएको चलचित्रमा सुरज जंगबहादुरको भूमिकामा देखिनेछन् । केहि दिन अगाडि राजधानीमा आयोजित समारोहबीच यो चलचित्र निर्माणको घोषणा गरिएको हो । आगामी तिहारपछि सुटिङ फ्लोरमा जाने जंगे आइडियाज एन्ड इमेजेस् र आभाना प्रोडक्सनको ब्यानरमा निर्माण हुँदै छ । फिल्ममा सुसनको छायांकन र प्रस्तुति रहनेछ । शान बस्न्यातको आलेख र उज्ज्वल ढकालको सम्पादन रहने फिल्म राजधानीसँगै मोफसलमा सुटिङ गरिँदै छ भने यसमा कलाकारहरु नयाँ अनुहार रहने निर्माण संस्थाले जनाएको छ ।

प्रतिक्रिया