Bisal Chautari Logo

सेक्सि शुष्माको चुम्वनले किरण भुतुक्कै भए

- ६ जेष्ठ २०७१, मंगलवार ०८:०८ मा प्रकाशित


kiran-lacoul-and-sushma-adhikari
विशाल चौतारी समाचार
काठमाडौ, २०७१ जेठ, ६ मंगलवार । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाइरहेकी अभिनेत्री तथा मोडल शुस्मा अधिकारीको चुम्बनले जो सुकै केटाहरुपनि भुतुक्कै हुन्छन् । तर यस्तो चुम्बन पाउने मौका कहा सबैले पाउछन् र ? तर मोडेल किरण लाकौल धेरै पुरुषहरु मध्ये भाग्यमानि रहेछन् । गत शनिबार  किरणलाई अभिनेत्री शुष्माले चुम्बन दिएपछि लाजले भुतुक्कै भए अनि खुशीले चिच्याए ।
जब अभिनेत्री शुष्मा अधिकारीले उनको गालामै चुम्वन गरिन्, तव उनको खुशी ब्यक्त गर्ने आधार बनाएर उनि मज्जाले चिच्याए । तर उनको खुशी पुरा हुन नपाउंदै पछाडीबाट एकजना व्याक्तिले कट भने । 
प्रसंग हो निर्देशक दिपक बिष्टले निर्देशन गरेको एक म्युजिक भिडियोको सुटिङ । काठमाडौँको भैसेपाटीमा यी दुई मोडेलको रोमान्स लगभग दिनैभरि चलिरह्यो दिपक बिष्टको एक्सन कटमा ।
यस म्युजिक भिडियोलाई नबिन गुरुङले छायाँकन गरेका हुन् । चचिर्त गायकरसंगीतकार तथा गीतकार शिवराज गुरुङको स्वर ,शब्द र संगीतमा रहेको यस गीतको अडियो तथा भिडियोलाई एसियन म्युजिकले बजार ब्यबस्थापन गरेका छन् । डीएनएस इन्टरटेन्टमेन्टले म्युजिक भिडियोको निर्माण गरेको हो । डीएनएस इन्टरटेन्टमेन्टबाट निमिर्त विभिन्न म्युजिक भिडियोहरु छिट्टै नै रिलिज हुदै छन् भने एक म्युजिक भिडियो छुर्पी मिठो फुङलिङको रिलिज अगावै एक फिल्म एण्ड म्युजिक अवार्डमा रिलिज अगावै मनोनित भएको थियो ।
ad

प्रतिक्रिया