Bisal Chautari Logo

खोटाङको ‘खानीडाडाँ’ विमानस्थल ६ करोड ८० लाखमा कालोपत्रेको काम सुरु

- २६ फाल्गुन २०७१, मंगलवार १६:५७ मा प्रकाशित


khotang district airport khanidada
विशाल चौतारी समाचार
खोटाङ, २०७१, फल्गुन २६, मंगलबार । खोटाङको जिल्लाबासीलाई सबैभन्दा पायक पर्ने स्थानमा निर्माण गरिएको खोटाङको खानीडाडाँ विमानस्थल कालोपत्रेको काम तीब्र गतिमा अगाडी बढाइएको छ । सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाडाँ विमानस्थलमा अहिले बेस निर्माणको काम भइरहेको छ ।

khotang district airport khanidada (1)
जमिनको लेबल मिलाउने, सब ग्रेडको काम सकेपछि ग्राभेलिङ गर्ने, सब बेससँगै गिटीबालुवा राखी रोलर लगाउँने लगायतका काम भइरहेको फिल्ड सुपरभाईजर सानु बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार छ सय मिटरमा चार सय मिटरको काम सम्पन्न भइसकेको छ । चन्दा संकलन गरेर निमार्ण सुरु गरिएको खानीडाँडा विमानस्थलमा नागरिक उड्यान प्राधिकरणको छ करोड ८० लाखको लागतमा कालोपत्रेको काम सुरु गरिएको हो ।
वर्षायाममा उडान बन्द हुँदै आएको विमानस्थल कालोपत्रेका लागि शेर्पा कन्ट्रक्शन प्रालि काठमाडौंले जिम्मा लिएको छ । धावन मार्ग कालोपत्रेको काम आगामी असारसम्म सकिने नागरिक उड्ड्यान प्राधिकरणका सुपर भाईजर बालकृष्ण बोहोराले जानकारी दिए । खानीडाडाँबाट करिब चार किलोमिटर दुरीमा रहेको खाल्लेबाट ढुङगा ल्याएर गिटी बनाउनुपर्ने भएकाले काममा केही ढिलाइ भएको बोहोराको भनाइ छ ।
हाल २४ जना कामदारले काम गरिरहेको विमानस्थलमा अब तत्कालै १२ जनाको पिच गर्ने टोली आउँने जनाइएको छ । सुरुमा साधारण रोलर प्रयोग गरिएकामा गुणस्तर कम हुने भएकाले हाल भाईब्रेशन रोलर ल्याएर काम गरिँदै छ । जिल्लामा लामिडाँडा र थामखर्क विमानस्थल समेत रहेपनि खानीडाँडालाई महत्वका साथ हेरिएको छ । यो विमानस्थल पक्की गर्न आवश्यक सम्पुर्ण सामाग्री ल्याइसकिएको सुपरभाईजर बोहोराको भनाइ छ ।
विमानस्थल कालोपत्रेको काम सुरु भएसँगै खानीडाँडा विमानस्थलमा आगामी जेठ महिनासम्मका लागि उडान बन्द गरिएको छ । उडान बन्द भएपछि जिल्लाबासीमा पर्न जाने समस्यालाई मध्यनजर गर्दै तत्काल काम सक्न ठेकेदारलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए ।
साभार : हाम्रो खोटाङ डटकम

प्रतिक्रिया