Bisal Chautari Logo

विश्वकै कान्छा निर्देशक सौगातलाई गृहनगरमा पुरस्कार

- २५ फाल्गुन २०७१, सोमबार २०:०१ मा प्रकाशित


saugat bista Awards
विशाल चौतारी समाचार
विराटनगर, २०७१, फल्गुन २५, सोमबार । विश्वकै कान्छा चलचित्र निर्देशकका रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल ८ वर्षिया सौगात विष्टलाई ‘शान्ता राष्ट्रिय उत्कृष्ट वाल पुरस्कार २०७१’ बाट पुरस्कार प्रद्धान गरिएको छ ।

saugat bista Awards
शिशु सेवा समितिको ३२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा संस्थाद्वारा संचालित उक्त पुरस्कारबाट कार्यक्रमका प्रमुख अतिथि माननिय सभासद् कविता सरदारले रु १० हजार राशी सहित ताम्रपत्र द्वारा पुरस्कृत गरे । सोही अवसरमा संस्थाबाट स्थापितएवं संचालित रु.१० हजार राशीको राष्ट्रिय आदर्श आमा पुरस्कार बाट विराटनगर–४ निवासीदुर्गा ओझालाई प्रमुख अतिथि सरदारले दोसल्ला र सम्मानपत्र सहित पुरस्कृत गरे ।
१०५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा आयोजित सो समारोहमा ज्योती जङ्गल, सीमा आभाष, सविता गौतम दाहाल, कविराज न्यौपाने, वसुश्री पाण्डे, सरलाचापागाई,पूजा खतिवडा, मन्जुश्री गिरी लगायतका कविहरुले नारी सग सम्बन्धित कविता वाचन गरेका थिए ।
संस्थाका सभापति मञ्जू रिजालको सभापतित्वमा भएको सो समारोहमा पुरस्कृत व्यक्तित्व दुर्गा ओझा, सौगात विष्ट, समाजसेवी निर्मला पोखरेल, साहित्यकार दधिराज सुवेदी, सचिव कविराज न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए । साथै प्रमुख अतिथि सभासद् सरदारले संस्थाका कार्यहरुको सराहना गर्दै महिला र बालबालिकाका लागि गाउगाउमापुगेर सेवा बिस्तार गर्न सुझाव दिए ।

प्रतिक्रिया