Bisal Chautari Logo

नेपालमा रहेका शाहरुखले भने–‘तेस्रो पटक आउदा परिवार सहित घुम्न आउँछु (फोटो फिचर सहित)

- २५ फाल्गुन २०७१, सोमबार १६:२७ मा प्रकाशित


shahrukh khan in nepal

Shah Rukh said, “The third time I come to visit, including the coming of the family (including photo feature)
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, फल्गुन २५, सोमबार । बलिउड बादशाह शाहरुख खान अहिले नेपालमा रहेका छन् । अभिनेता शाहरुख आज सोमबार अपरान्ह करिव ३ बजेर ३० मिनेटमा फ्यान तथा मिडियाको पर्खाइपछि देखिए । अभिनेता शाहरुख आफ्नो निजी विमानबाट काठमाडौं आइपुगेका थिए ।

shahrukh khan in nepal (10)
न्यारोल्यक पेन्टस्ले राजधानीको हायत होटलमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आएका हुन् । विमानस्थलबाट उनी सिधै होटल हायतमा पुगेका थिए । केहीबेरको विश्रामपछि उनी न्यारोल्यक पेन्ट्सले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी भए ।

shahrukh khan in nepal (1)

सोही पत्रकार सम्मेलनमा बोल्दै अभिनेता शाहरुख खानले अर्को पटक आउदा परिवार सहित नेपाल घुम्न आउने बताएका छन् । ‘निरोल्याक पेन्टस्’ले सञ्चालन गर्न लागेको वातावरण मैत्री सामाजिक अभियानको उद्घाटन गर्न राजधानी आएका खानले ह्ययात होटलमा नेपालमा पाएको मायाले आफू अत्यन्त उत्साही भएको बताए । भने–‘१६ बर्ष पछि आफू नेपाल आएको छु, अब मेरो नेपालमा तेस्रो भ्रमण छिट्टै हुनेछ’, अभिनेता शाहरुख खानले बताए । खानले थपे ‘यति राम्रो देशमा आउन यत्रो ग्याप भयो अब परिवार सहित छिट्टै आउने छु ।’shahrukh khan in nepal (2)
राति उनी होटल याक एन्ड यतीमा आयोजित कार्यक्रमा पनि सहभागी हुनेछन् । आयोजकले बताए अनुसार करिव १८ घण्टाका लागि नेपाल आउन लागेका शाहरुख मंगलबार बिहान ९ बजे पुन: मुम्बई फर्कने कार्यक्रम रहेको छ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8882,8883,8881,8880,8879,8878,8877,8876,8874,8873″]

YOUR COMMENT HERE

प्रतिक्रिया