Bisal Chautari Logo

How Funny || धमलाको केमियो चर्चा

- २५ फाल्गुन २०७१, सोमबार ०७:२६ मा प्रकाशित


Rishi Dhamala nepali movie How Funny
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन २५, सोमबार । नेपाली चलचित्र क्षेत्रमा चर्चाकै हिसबले औलामा गन्न सकिने कलाकारहरु होलान् । तर टेलिभिजनको पर्दामा देखिने चर्चित सेलिव्रेटीको नाम हो ऋषि धमला । अहिले धमलाको नेपाली चलचित्र क्षेत्रमा चर्चा भइरहेको छ ।

A009_C036_0104MY
प्रसंग हो चलचित्र घोषणासंगै चर्चामा आएको सिनेमा ‘हाउ फन्नी’को । स्क्रिप्टमा ऋषिजीको जस्तै क्यारेक्टर थियो । एक पटक उहालाई नै खेल्न प्रस्ताव गरी हेरौं न भनेर फोन गरेको कहिले हो सुट रु म आउछु भन्नुभयो, सिनेमाको निर्देशक निलु डोमा शेर्पाले सेक्रेट खोलिन् । चलचित्रमा धमला केमियोको रूपमा रहेका छन् । निलुका अनुसार ऋषि धमला सिनेमामा पनि पत्रकार सम्मेलनको प्रतिनिधित्व गर्नेछन् । निलुले ऋषि धमलाबिनाको पत्रकार सम्मेलनकै वैधानिकताको प्रश्न उठ्ने भन्दै ठट्टा गरिन् । जे होस त्यो सिनले दर्शकले इन्जोए गर्नुहुन्छ जस्तो लाग्छ, तर पनि निलुले धमलालाई भने खिसी गर्ने नियतले प्रयोग नगरिएको जिकिर गर्न छोडिनन् । कमेडी जानराको चलचित्रमा धमलाको उपस्थितिबारे थप व्याख्या गर्दै निर्देशक निलुले भनिन गुगलमा सर्च गर्‍यो भने हाम्रा सेलिब्रिटीको भन्दा धमलाजीको बढी रिजल्ट आउछ । फेरि चलचित्रको सिनसग उहाको पर्सनालिटी पनि मिल्ने भएकाले राखेका हौं’ निर्देशक निलुले बताइन् ।
चलचित्रमा ऋषि धमलासंगै एकै फ्रेममा देखिएकी अभिनेत्री प्रियंका कार्कीले पनि उक्त सिनमा इन्जोय गरेको बताइन । सिन अनुसार हामी एउटा पत्रकार सम्मेलनमा हुन्छौ , झन् प्रश्नकर्ता ऋषि सर भएसी त्यो दृश्य हामीलाई रियल झै लाग्यो र आश छ दर्शकले पनि मनोरञ्जन लिनु हुने छ प्रियंकाले संगै कम गर्दाको अनुभव सुनाइन ।
चलचित्र प्रियंकासंगै दयाहाङ राई , केकी अधिकारी , अनुप बिक्रम शाही , निशा अधिकारी , शिशिर राणा लगायतको अभिनय रहेको छ । पछिल्लो समय आश गरिएको फिल्म मध्ये एक हाउ फन्नी मा शान बस्न्यातको पटकथा तथा संवाद रहेको छ ।
पुर्व मिस नेपाल माल्भिका सुब्बा समेत कार्यकारी निर्माता रहेको यो फिल्मले रिलिज डेट घोषणा गरेको छ । चलचित्र जेष्ठ १५ बाट प्रदर्शन हुने निलुले बताइन । हामिले आफ्नो वितरकहरुसंग सल्लाह गरेर खाली रहेको डेटमा प्रदर्शन गर्ने घोषणा गरेका छौ निलुले बताइन । यसमा संगीत शैलेश सिंह, सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहेको छ भने यसलाई हरि हुमागाईले खिचेका हुन् । चलचित्रमा आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको छ । यसलाई उपत्यकामा दर्शना आर्ट्स र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने जिम्मा लिएको छ ।

प्रतिक्रिया