Bisal Chautari Logo

भोलीका लागी सर्‍यो साहरुखको नेपाल आगमन || निजि बिमानबाट आगमन

- २४ फाल्गुन २०७१, आईतवार १९:०७ मा प्रकाशित


Shah Rukh Khan come to nepal
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन २४, आइतबार । बलिउड अभिनेता साहरुख खान आज नेपाल आउने पक्का थियो । तर एयरपोर्टमा समस्या भएपछि साहरुखको आज नेपाल आउने कार्यक्रम रोकिएको हो ।

Shah Rukh Khan come to nepal
कारण टकिर्स एयर दुर्घटनापछि ४ दिन अवरुद्ध भएको त्रिभुवन विमानस्थल रहेको छ । विमान स्थल हिजो बेलुकीबाट खुलेको थियो । जसका कारण पनि साहरुख खान आज नेपाल आउन नसकेका हुन् ।
उनी भोली ‘कान्साई न्यारोल्याक पेन्टस्’ले सञ्चालन गर्न लागेको सामाजिक कार्यको उद्घाटन गर्न नेपाल आउन लागेका हुन् । सोमबार दिउँसो तीन बजे आफ्नो निजी विमानबाट शाहरुख नेपाल आइपुग्ने आयोजकले जनाएको छ ।
नेपाल आउने वित्तिकै उनी हायात होटलमा हुने कार्यक्रममा सहभागी हुनेछन् । केही समयका लागिमात्र नेपाल आउने शाहरुख सोमबार नै भारत फकिर्ने आयोजकले जनाएको छ ।
साहरुखको विमान आज ल्याण्ड गराउन विमानस्थल नमानेपछि भोलीका लागि कार्यक्रम स्थगित गरिएको हो । कार्यक्रममा नेपाली अभिनेत्री प्रियंका कार्की र बिग आईकनका पाँचौ संस्करणका विजेता कुन्साङ गुरुङको प्रस्तुति रहने भएको छ ।

प्रतिक्रिया