Bisal Chautari Logo

गायिका तायाहाङ्मा गीत रेकर्डिङमा ब्यास्त

- २४ फाल्गुन २०७१, आईतवार १५:२७ मा प्रकाशित


tayahangma rai song recording
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, फल्गुन २४, आइतबार । गायिका तायाहाङ्मा राईको दोस्रो एल्बम ‘तराना’ बजारमा ल्याएपछी ब्यास्तता बढेको छ । विभिन्न कन्र्सट, अन्र्तवार्ताहरुमा ब्यास्त बनिरहेकी गायिका तायाहाङ्मा अहिले भने गीत रेकर्डिङमा ब्यास्त रहेकी छिन् ।

tayahangma rai song recording (1)
केही दिन अगाडी गायिका तायाहाङ्माले ‘हरेक दिन सौभाग्यको खोजी गर्ने गर्छु म’ बोलको गीत रेकर्डिङ गराएकी छिन् । हाल ब्रिटिस आर्मिमा कार्यरत रहेका स्वप्निल लिम्बुको शब्द रहेको गीतलाई हाल हङकङमा रहदै आएका दिनेश सुब्बाले संगीत गरेका हुन् ।
प्रज्ञा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई किरण कडेलले म्युजिक एरेञ्ज गरेका हुन् । गीतको बारेमा कुराकानी गर्दै गायिका तायाहाङ्माले गीत राम्रो बनेको बताइन् । यसको म्युजिक भिडियोपनि चाडै सुटिङ गरेर युटुवबाट सार्वजनिक गर्ने गायिका तायाहाङमाले बताइन् ।

tayahangma rai song recording (2)

गायिका तायाहाङमाको दोस्रो एल्बमको पहिलो म्युजिक भिडियो हेरौँ :

YOUR COMMENT HERE

प्रतिक्रिया