rajesh payal rai concert 2015 gulmi
विशाल चौतारी समाचार
गुल्मि, २०७१, फल्गुन २३, शनिबार । नेपाली सुगम संगीत तथा पाश्र्व गायनमा निकै लामो समयदेखी नम्बर एकको रुपमा रहदै आएका भर्सस्टाइलिस गायकको नाम हो राई इज किङ अर्थात राजेश पायल राई । विदेशको कार्यक्रम होस्, या नेपाल भित्रकै कार्यक्रम, महोत्सव सबै दर्शकको रोजाईमा राई इज किङ हुने गरेका छन् । तर गायक राजेश पायल जहा जान्छन्, त्यहा केही न केही धमाका हुने गरेको छ ।
यस्तै आज उद्योग बाणिज्य संघ गुल्मि र प्रमानन्द खनालको सम्योजकत्वमा गुल्मिको तम्झासमा भएको ‘दोस्रो गुल्मि महोत्सव–२०७१’मा गायक राईले गुल्मिबासीहरुलाई संगीतको तालमा चनाएका छन् । महोत्सवका लागी पुगेका गायक राजेश पायल राईलाई हेर्नका लागी युवा जमातका साथमा गाउँ–गाउँ बाट बुढा–बुढीको पनि घुईचो देख्दा लाग्थ्यो त्यहा ठुलो माहायोग्य भइरहेको छ । तर गायक राईले जब ‘नाई नभन्नु ल–२को गीत गाउन सुरु गरे, त्यसपछी भने दर्शकको आइरो स्टेज नजिक आएपछी सुरक्षाकर्मीको पसिना छुट्यो । कार्यक्रम अवधीभर गायक राईले २०–२२ वटा गीत दर्शकको वान्समोरमा गाए । नाई नभन्नु ल–३, म त मर्छु की क्या हो ठुली, दर्शन नमस्ते–२, दर्शन नमस्ते, सागर सरी, नौझले मायाले, मोहनी लाग्ला है, ओखरे साइला, दिक्तेल बजार लगायत बोलको गीतबाट उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रद्धान गरे ।
कार्यक्रमको अन्त्यमा गुल्मि क्षेत्र नम्बर २ का सभासद चन्द्र भण्डारीले प्रसंशापत्र गायक राजेश पायल राईलाई हस्तान्तरण गर्दै राष्ट्रका चर्चित गायक राजेश पायललाई गुल्मिमा जहिल्यै नि स्वागत भन्दै कार्यक्रम सकिएको घोषणा गरे । उक्त कार्यक्रममा मदन खनाल, बिमलराज क्षेत्री, रिता थापा, पुर्णिमा श्रेष्ठको पनि धमाकेदार प्रस्तुती रहेको थियो ।
प्रतिक्रिया