Bisal Chautari Logo

जापानका पूर्व प्रधानमन्त्री युकियो टोक्योको नेपाली मेलामा

- ६ आश्विन २०७०, आईतवार १२:१८ मा प्रकाशित


ब्रेकर :–‘अघिल्लो हप्तामात्रै नेपाल भ्रमण सकेर फकिएका हातोयामाले कार्यक्रमलाई संबोधन गर्दै नेपाल र नेपालीको प्रसंसा गरेका थिए । पोखराको सूर्योदयको दृष्य, काठमाण्डौ र भत्तपुरका दरबार स्क्वायर, बौद्ध जन्मस्थल लुम्बिनी लगायतका ठाउँले आफुलाई निकै प्रभावित गरेको हातोयामाले बताए ।’

६ असोज, टोक्यो । जापानमा नेपाली महिलाहरुले पहिलोपटक आयोजना गरेको नेपाल फेष्टिवलमा जापानका पूर्व प्रधानमन्त्री युकियो हातोयामा सहभागी भएका छन् । राजधानी टोक्योको उएनो पार्कमा आयोजित दुई दीवसीइ नेपाल फेष्टिवलमा आएका पूर्व प्रधानमन्त्री हातोयामाले जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईसँगै रिवन काटेर मेलाको उद्घाटन गरेका छन् ।जापानको राजनीतिक नेतृत्व अक्सर नेपाली नेपाली समुदायसँगको अन्तरक्रियामा सजिलो महसुस गरेको देखिन्छ । खासगरी पूर्व प्रधानमन्त्री र मन्त्रीहरु नेपाली समुदायका अगुवासँग मित्रवत ब्यबहार र पुहँचमा रहन्छन् । अघिल्लो हप्तामात्रै नेपाल भ्रमण सकेर फकिएका हातोयामाले कार्यक्रमलाई संबोधन गर्दै नेपाल र नेपालीको प्रसंसा गरेका थिए । पोखराको सूर्योदयको दृष्य, काठमाण्डौ र भत्तपुरका दरबार स्क्वायर, बौद्ध जन्मस्थल लुम्बिनी लगायतका ठाउँले आफुलाई निकै प्रभावित गरेको हातोयामाले बताए । आइतवार र सोमबार चल्ने मेलामा नेपालमा उत्पादित बिभिन्न बस्तु, जापानमा नेपालीद्धारा संचालित ब्यबसाय र खानाका स्टलहरु राखिएको छ । कार्यक्रममा बिभिन्न नेपाली मौलिक लोक नृत्य,गीत र धुनहरुको आनन्द लिन सकिने छ । अघिल्ला बर्षहरुमा गैरआवासीय नेपाली संघ र केही संस्थाहरुले नेपाल फेष्टिवल आयोजना गर्दै आएका थिए । तर, यस बर्ष ती संस्थाले मेला आयोजना नगर्ने बताएपछि नेपाली महिलाहरुको आयोजनामा मेला गरिएको हो । सार्वजनिक बिदाको दिन परेकाले मेलामा उलेख्यमात्रामा टोक्योमा बसोबास गर्ने नेपालीहरुको सहभागीता थियो भने टोक्यो बाहिरका शहरमा बसोबास गर्ने नेपालीहरु मेलामा भाग लिन टोक्यो आएका छन् । साभार अनलाईन खबर 

प्रतिक्रिया