Bisal Chautari Logo

लेखक ढकाल अव मोडलिङतिर

- ६ आश्विन २०७०, आईतवार १६:३९ मा प्रकाशित


६ असोज, काठमाडौं । नेपाली पत्रकारिताका युवा लेखक तथा कमाण्डर पोष्ट दैनिकका समाचार सम्पादक विनोद ढकाल मोडलिङतिर लागेका छन् । स्रोतका अनुसार भर्खरै उनले एक सरकारी कम्पनीको विज्ञापनका लागि फोटोसुट सकेका छन् ।उक्त कम्पनीको विज्ञापन तयार भइसकेको छ । कम्तिमा नेपालभर रहने होडिङ वोर्डका लागि उनले फोटोसुट गराएका हुन् । विशाल चौतारीको जिज्ञासामा उनले भने,‘एउटा फरक स्वादको परिक्षण गरेको छु, सार्वजनिक भएपछि भनौंला ।’ उनी नेपाली पत्रकारितामा राम्रो दक्षता भएका समाचार सम्पादकका रुपमा चिनिन्छन् । पत्रकारिता गरेको १० वर्षमा उनले पहिलो पल्ट मोडलिङमा खुट्टा राखेका हुन् । उनी अझै केही सरकारी विज्ञापनको तयारीमा पनि छन् । उनले विशाल चौतारीसंगको कुराकानिमा भने,‘चासो छ, अफर आयो भने गरिन्छ तर मेरो फिल्ड पत्रकारिता नै हो, लेखन नै हो ।’ ग्ल्यामर फिल्डमा छिरेका लेखक कतिञ्जेलसम्म लेखिरहनसक्नेछन् त्यो थाहा छैन तर चर्चा कमाउन थालेपछि उनी पक्कै मोडलिङमा व्यस्त रहनेछन् । पत्रकार तथा लेखक ढकाललाई विशाल चौतारीको तर्फबाट सुभकामना !

प्रतिक्रिया