Bisal Chautari Logo

चाम्सद्धरा निर्देशित ३ भिडियो सहित, निर्मला ‘परिवेश’ को ‘रोनासा’ सार्वजनिक, (फोटो फिचर सहित)

- २३ फाल्गुन २०७१, शनिबार ०७:०४ मा प्रकाशित


Nirmala Rai Paribesh album ronasha launched
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, फल्गुन २३, शनिबार । गीतकार निर्मला राई ‘परिवेश’को दास्रो एल्बम ‘रोनासा’ सार्वजनिक भएको छ । हिजो शुक्रबार राजधानीको इन्द्रेनी कम्प्लेक्समा एक औपचारीक कार्यक्रमको आयोजना गरी गीतकार राइले आफ्नो दोस्रो एल्बम सार्वजनिक गरेका हुन् । एल्बमको विमोचन कार्यक्रमका प्रमुख अतिथी तथा वरिष्ठ गायक, संगीतकार, साहित्यकार गणेश रसीकका साथमा गीतकार कृष्णहरी बराल, प्राज्ञ संगतिकार शान्तिराम राई र संगीतकार बुलु मुकारुङले सँयुक्त रुपमा गरे ।

Nirmala Rai Paribesh album ronasha launched (1)
७ वटा गीत समावेश रहेको एल्बममा समावेश ३ वटा भिडियोपनि एल्बम विमोचन समारोहमै सार्वजनिक गरियो । म्युजिक भिडियो डाइरेशनका बाद शाह नै मानिने मिलन चाम्सले पछिल्लो चोटी मुस्ताङमा गएर गीतको सुटिङ सम्पन्न गरेका थिए । म्युजिक भिडियोमा निर्देशक चाम्सले अभिनेत्रीहरु सञ्चिता लुइटेल, नन्दिता केसी, आयुसा राई, अभिनेता अनुप विक्रम शाही, मोडल प्रज्वल गिरी, बिक्की जोशी लगायतलाई लिएका छन् ।

Nirmala Rai Paribesh and milan chams album ronasha launched (6)राम कुमार केसीले खिचेको म्युजिक भिडियोमा मनिशा डंगोल श्रेष्ठको कस्टम रहेको छ । डाइरेक्टर समेत रहेका मिलन चाम्सले नै म्युजिक भिडियोको इडिटिङपनि रहेको छ । निर्देशक चाम्स चलचित्र ‘हँसिया’ बाट चर्चाका साथै सफल्तापनि पाएका थिए ।
एल्बम विमोचन समारोहमा बोल्दै सम्पुर्ण अतिथीहरुले गीतकार निर्मलालाई बधाई दिए । एल्बमका गीतहरुमा खासै खोट लगाउने ठाउ नरहेको चर्चित गीतकार डा. कृष्णहरी बरालले एल्बमको समिक्षा गर्दै बताए ।

Nirmala Rai Paribesh album ronasha launched (8)
७ वटा गीत र २ वटा म्युजिक ट्रयाक समावेश एल्बममा चर्चित गायक राजेश पायल राईको स्वरमा ‘मैले आफैलाई विश्वास’ बोलको शिर्ष गीत रहेको छ । क्रमश : धेरै जन्म हैन दैव, तिम्रो निर्दोष मनले, मुटुको त के कुरा, प्रणय प्रेमी, शिरमा सगरमाथा बोलको गीतहरु एल्बममा समावेश रहेको छ भने, यी गीतहरु मध्ये दुई गीत धेरै जन्म र तिम्रो निदोष बोलको गीत म्युजिक ट्राक रहेको छ ।

aayusa rai - nirmala rai paibesh albam
राजेश पायल राईको साथमा ताराप्रकाश लिम्बु, आनी छोइगं डोल्मा, रजिना रिमाल, सुमन सरगम, प्रविशा अधिकारीको एल्बममा स्वर समावेश गरिएको छ । एल्बममा तारा प्रकाश लिम्बु, हरी लम्साल, न्यू बज्राचार्य, महेश खड्का, सुरेश अधिकारीको संगीत रहेको छ ।
परिवेशले यस अघि ‘रोशनी’ नामक एल्बम सार्वजनिक गरेकी थिइन् । सो एल्बमको म्युजिक भिडियोहरुले दर्शकको राम्रो साथ पाएको थियो । साहित्यमा बच्चैदेखी रुचि राख्ने निर्मलाको दर्जनौँ गीत, कविता र मुक्तक संग्रह प्रकाशित भइरहेको छन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8789,8785,8786,8787,8788,8793,8792,8791,8790,8784,8782″]

COMMENT HERE

प्रतिक्रिया