Bisal Chautari Logo

पोर्न स्टारको ट्याग पाउन थालेपछि माईलि आफ्नो छवि सुधार्दै

- ७ आश्विन २०७०, सोमबार १५:२७ मा प्रकाशित


इङ्लिस गायिका माइली साइरस चर्चामा आउन केही न केही गरेकै हुन्छिन् । कम उमेरमै उनले आफ्नो ठूलो प्रोफाइल बनाइसकेकी छन् । केही समयअघि एक कार्यक्रममा उत्तेजक पोजमा देखिएपछि साइरस अहिले पप स्टार केटी पेरीको कारण चार्चामा छिन् । केटी पेरीले साइरसको खुलेर प्रशंसा गरेकी छिन् । उनले साइरस अद्भुत आवाजकी धनी भएको बताएकी छिन् । साइरसले निकै उत्साहका साथ नयाँ एल्बम बैंगर्ज ल्याउँदै छिन् । २० वर्षीय माइलीसँग काम गर्न चाहनेहरुको संख्या बढ्दै गएको छ । पेरीले पनि माइलीसँग काम गर्न चाहेको बताएकी छिन् । पेरीले माइलीको गीत आउनुभन्दा अगाडि नै उनको प्रशंसा गर्दै ट्वीट समेत गरेकी थिइन् । माइली कम उमेरमै उदयीमान भविष्य देखेर आफू उत्साहित भएको बताएकी छन् ।  दुई वर्ष पहिला अमेरिकी टेलिभिजन सो हाना मोन्टानामा ‘राम्री फुच्ची’को उपाधिले धेरैको मनमा राज गर्न सफल माइलीले पछिल्ला दिनहरुमा देखाएका गतिविधिले उनको त्यो उपाधि खोसिन खतरा बढेको थियो । तर बिग्रदै गएको छबीलाई गीति एल्वमले सुधार गर्ने अपेक्षा गरिएको छ । केही समयअघि एमटिभी म्युजिक भिडियो अर्वाड कार्यक्रममा माइली निर्वस्त्र जस्तै देखिएर प्रस्तुत भएकी थिइन् । सो नृत्यमा माइली पप स्टारभन्दा पोर्नस्टार जस्तै देखिएको भनेर उनको आलोचना भएको थियो ।

प्रतिक्रिया