Bisal Chautari Logo

८ बर्षिय निर्देशक सौगातले सहयोग गर्ने कलाकारदेखी पत्रकारसम्मलाई सम्मान गरे

- २० फाल्गुन २०७१, बुधबार १९:२० मा प्रकाशित


Saugat Bista movie team honored helping hands which included journalists and production team.
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन २०, बुधबार । चलचित्रको निर्माणको सुरुवातदेखी ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ लेखाउदा सम्म आफूलाई सहयोग गर्ने कलाकार, प्राविधिक तथा रंग पत्रकारहरुलाई चलचित्र ‘लभ यू बाबा’का ८ वर्षिया निर्देशक सौगात बिष्टको हातबाट निर्माणपक्षले सम्मान गरेको छ । आज काठमाण्डौको कुमारी हलमा एक कार्यक्रमको आयोजना गरि सम्मान प्रदान गरेको हो ।

Saugat Bista movie team honored helping hands which included journalists and production team (2)
७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर सौगातले ‘गिनिज बुक अफ द वल्र्ड’मा विश्वकै कान्छा निर्देशकको नाम लेखाएका हुन् । सौगातले निर्देशन गरेको यो चलचित्रलाई फेरि प्रदर्शन गर्ने तयारी पनि गरिएको छ । सौगातले आफूलाई सहयोग गर्ने सबैलाई धन्याबाद दिएका छन् । साथमा उनले बुबा गजित बिष्ट र आमा संझना पोख्रेललाई आफ्नो काममा सहयोग गरेको भन्दै विशेष आभार प्रकट गरेका छन् ।

Saugat Bista movie team honored helping hands which included journalists and production team (1)
सम्मान कार्यक्रममा सौगातले भने–‘मैले गर्छु भन्दा हुन्न नभन्ने मेरो बुबा र आमाप्रति विशेष आभारी छु ।’ सम्मान कार्यक्रमपछि चलचित्र प्रदर्शन पनि गरिएको थियो । बाबु र छोरीको कथालाई आकर्षक तबरले प्रस्तुत गरेको यो चलचित्रमा गजित बिष्ट, संगम बिष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया