Bisal Chautari Logo

नेपाली तारा ३ अन्तिम चरणमा पुग्दा देबेस, सुरेस र प्रतापको भिडन्त सुरु

- २० फाल्गुन २०७१, बुधबार १८:२० मा प्रकाशित


Nepali Tara 3 final stages debesh rai, suresh lama and pratap lama
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन २०, बुधबार । नेपालको सबैभन्दा प्रतिष्ठित सांगीतिक रियालीटी सो कोका–कोला नेपाली तारा ३ को अन्तिम चरण सुरु भएको छ । हजारौ सांगीतिक प्रतिस्पर्धिहरुको भिडलाई पार गर्दै कोका–कोला नेपाली तारा ३ ले अब आफ्नो उत्कृष्ट तीन प्रतियोगीहरु सुरेस लामा, प्रताप लामा र देबेस राईका रुपमा पाएको छ ।

Nepali Tara 3 final stages debesh rai, suresh lama and pratap lama
हजारौ सांगीतिक प्रतिस्पर्धिहरुको खोजका लागि तत्पर रहेको कोका–कोला नेपाली तारा ३ को यो यात्रा भदौ १७, २०७१ मा धरानबाट सुरु भइ नारायणगढ, बुटवल, पोखरा, भत्तपुर हुादै राजधानी काठमाडौ आएको थियो ।
कोका–कोला नेपाली तारा ३ को अन्तिम प्रदर्शन २२ फाल्गुन, २०७१ मा भद्रकाली, काठमाडौ स्थित आर्मी अफिसर्स क्लबमा हुदैछ । उत्कृष्ट तीन प्रतियोगीहरुले आफनो अन्तिम स्टुडियो प्रदर्शन दिइसकेका छन् । र निर्णायकहरुले उनीहरुलाई अङ्क पनि दिएका छन् (जुन अहिलेसम्म खुलासा गरिएको छैन) । अब सोहि अङ्कमा दर्शकहरुको भोट पनि जोडिने छ । भोटिङ लाइन २२ फाल्गुन, २०७१ को बिहान १० बजेसम्म खोलिने छ । त्यसै दिनमा उत्कृष्ट तीन प्रतियोगीहरुले दर्शकहरुका लागि पनि गाउने छन् ।
तीनैजना उत्कृष्ट प्रतियोगीहरु आ–आफ्नै गायन क्षेत्रमा पोख्त छन् र सबैको आफ्नै गाउने स्टाइल छ । इटहरीका देबेस राई पप गीतहरु गाउन बढी रुचाउछन्, तर प्रतियोगीतामा विभिन्न क्षेत्रको गीतहरु गाउदै उनले आफूलाई भर्साटाइल गायकका रुपमा चिनाएका छन् । उत्कृष्ट गायनका साथै उनी म्युजिक कम्पोज तथा एरेन्ज गर्न पनि उत्तिकै प्रतिभाशाली छन् । त्यस्तै सुरेस लामा चितवनको एउटा सानो गाउाबाट गायक बन्ने धकेको बोकेर आएका छन् । उनले “गल्ती हजार हुन्छन्” गीतबाट आफुलाई निर्णायक मण्डल सामु आफ्नो छाप छोडेका थिए । उनी चितवन आइडलको पनि रनर अप भइसकेका छन् । यस्तै, अर्का प्रतिस्पर्धि मोरङ्गका प्रताप लामा रहेका छन् जसले आफुलाई प्रतियोगीताको स्टाइलिस ब्यक्तिका रुपमा प्रस्तुत गरेका छन् । नेपाली ताराको दोस्रो सिजनका रनर अप सूर्य किरण लामाका भाइ प्रताप रेष्टुरेण्टहरुमा गाउछन् ।
प्रतियोगिताको विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । यसका साथै विजेताले दक्षिण कोरियाको सियोलमा कन्सर्टको पनि मौका पाउनेछन् । कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अष्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।
प्रतियोगीताको अन्तिम चरण हेर्न चाहने दर्शकहरुले भौसेपाटी स्थित सटुडियो ४ तथा कालिकास्थान स्थित प्रिज्मा एडभर्टाइजिङ्गबाट टिकट खरिद गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया