Bisal Chautari Logo

शिव रेग्मी हिड्न सक्दैनन् –उनलाई बेल्जियमबाट ८० हजार सहयोग

- ८ आश्विन २०७०, मंगलवार १५:२४ मा प्रकाशित


८ असार, काठमाडौ । दुवै किड्नी फेल भएर अस्वस्थ रहेका निर्देशक शिव रेग्मीलाई बेल्जियमबाट पनि  ८० हजार रुपैया उपचारार्थ रकम प्राप्त  भएको  छ । विगत १५ बर्षदेखि बेल्जियममा रहेकी कलाकार पार्वती अधिकारी अध्यछ रहेको चितवन साहयता कोष बेल्जियम (क्याट)ले ५० हजार र पदम गुरुङ अध्यछ रहेको यूरो नेपाल कलाकारसंघले ३० हजार रुपैया आज रेग्मीको हातमा पुर्याएको हो ।उक्त रकमलाई अधिकारीकी छोरी सुष्माले कलाकार रमेश बुढाथोकीको सक्रियतामा रेग्मीको घर पुगेरै  प्रदान गरेकी थिईन् । यस अघि उक्त दुई संस्थाले पवन मैनाली र गायक कुमार कान्छाको उपाचारार्थ पनि सहयोग रकम प्रदान गरेको थियो । आफ्नै स्वास्थ्यमा विभिन्न उतारचढाव आएपछि किड्नी टान्सप्लान्ट गर्न ढिलाई भई ओच्छायानमै रहेका  रेग्मीको स्वास्थ्य अबस्थामा भने केही सुधार आएको बताईएको छ यध्यपी प्रोटिन यूक्त खान्की नखाईदिदा रेग्मी आफै उभिएर हिड्न सक्ने अवस्थामा चाहि छैनन् । चार दिन भयो अलि कमजोर भएर हिड्न चाहि सकिरहेको छैन अरु सवै ठीक छ । ओच्छानबाटै रेग्मीले भने ।उनले शत्रुलाई पनि यस्तो रोग नलागोस भनी पुकार्दै फिल्मकर्मीहरबाट पाएको यो मायालाई मन बाटै महशुस गरेको प्रतिक्रिया दिएका छन् । रेग्मीका कान्छा भाईले  दिईने एउटा किड्नी टान्सप्लान्ट डेट आउदो मंसिर पहिलो हप्ताका लागि तोकिएको  परिवारले जानकारी दिएको छ । फिभर बढेपछि उनी केही हप्ता अघि दिल्ली पुगेरपनि रित्तो हात फर्किएका थिए । रेग्मीलाई यस अघि यूकेमा रहेकी ईशा गुरुङबाट प्राप्त ५० हजार रकम चलचित्र पत्रकार संघ मार्फत प्रदान गरिएको थियो भने चलचित्र संघ बाट १ लाख र चलचित्र बिकास बोर्डले पाच लाख उपचारार्थ सहयोग रकम प्रदान गरिसकेको छ ।

प्रतिक्रिया