Bisal Chautari Logo

फ्यानहरु लेख्छन्, ‘ह्याप्पि बर्थ डे प्रियंका, आई लव यु’

- १५ फाल्गुन २०७१, शुक्रबार १४:४७ मा प्रकाशित


fans writes happy birthday Priyanka Karki, I Love You
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १५, शुक्रबार । नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान अनि स्थान बनाउन सफल भएकी हट अभिनेत्री अभिनेत्री प्रियंका कार्कीलाई धेरै फ्यानहरुले ह्याप्पि बर्थ डे प्रियंका, आई लव यु भनेर लेखेका छन् ।

fans writes happy birthday Priyanka Karki, I Love You
आजबाट २८ औं बर्षमा प्रवेश गरेकी अभिनेत्री प्रियंकालाई उनका फ्यान, सहकर्मी कलाकार लगायत आफन्तले जन्मदिनको बधाई दिइरहेका छन् । उनको १ लाख ५४ हजार भन्दा माथि रहेको फेसबुक फ्यान पेजमा युवा केटाहरुको बर्थ डे विस् आई लव यु, या त लव जनाउने तस्बिर राखेर बर्थ डे विस गरेका छन् । उनको प्रोफाईल पेजमा धेरै कलाकारहरुले बर्थ डे विस् गर्दै, कामको लागी शुभकामना दिइरहेका छन् ।
सन् २००५ मा मिस टिन भएपछि अभिनेत्री प्रियंकाको कलाकारिता यात्रा सुरु भएको थियो । कार्कीले कान्तिपुर टेलिभिजनको ‘घरभेटी बा’मा काम गरेपछि चर्चा पाएकी थिइन् । बिहे गरेसँगै केहि बर्ष अमेरिकामा बसेकी अभिनेत्री प्रियंका नेपाल फर्कदा पतीसँग सम्बन्ध विच्छेद गरिन् र पूर्ण रुपमा नेपाली चलचित्र क्षेत्रमै लागि परिन् ।

fans writes happy birthday Priyanka Karki, I Love You (1)
चलचित्र थ्री लभर्स’बाट डेब्यु गरेकी अभिनेत्री प्रियंकाले छोटो समयमा नै दर्जनौ हिट चलचित्रमा काम गरेकी छिन् । राम्रो डान्सर, कोरियोग्राफर र गायिका समेत रहेकी अभिनेत्री प्रियंकाको ‘नाईं नभन्नु ल ३’, ‘माला’, ‘हाऊ फन्नी’, ‘वडा नम्बर ६’ जस्ता प्रतिक्षित सिनेमा रिलिजको क्रममा रहेका छन् । उनीद्धरा अभिनित चलचित्र ‘सुन्तली’ केही हप्ता अगाडी रिलिजमा आएको थियो । विशाल चौतारी मिडिया प्रालि को तर्फबाट उनलाई चलचित्र करियरको सफलताको सँगै जन्मदिनको धेरै शुभकामना ।

प्रतिक्रिया