Bisal Chautari Logo

‘नाई नभन्नु ल–३’ रिलिज अगाडी नै राजेश पायलबाट सुरु भयो नाई नभन्नु ल–४ को गीत रेकर्डिङ

- १५ फाल्गुन २०७१, शुक्रबार ११:५१ मा प्रकाशित


Nai Nabhannu La 4 rajesh paya rai Official Song

Exclusive  Bisalchautari 

विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १५, शुक्रबार । सुरुवात देखिनै गीत, संगीतका कारणले चर्चा अनि सफल्ता पाइरहेको सिनेमा ‘नाई नभन्नु ल’को सिक्वेल–३ रिलिज अगाडी नै ‘नाई नभन्नु ल–४’ को गीत रेकर्डिङ सुरु भएको छ । सिनेमाको शिर्ष गीत नेपालका आधुनिक तथा पाश्र्व गायनका भर्सस्टाइलिस नम्बर १ गायक राजेश पायल राईले सुरु गरेका छन् ।

Nai Nabhannu La 4 rajesh paya rai Official Song
सफल वरिष्ठ निर्देशक विकाश आचार्यले निर्देशन गर्ने चलचित्र ‘नाई नभन्नु ल–४’ को

‘आसु झर्न दिन्न कहिले तिम्रो आखाबाट,
जुनिजुनी छुट्ने छैन तिम्रो मेरो साथ,
तिमि नाई, नाई, नाई नाई नभन्नु ल’ बोलको गीत लाई ब्लकबस्टर हिट संगीत दिइरहेका चर्चित संगीतकार बसन्त सापकोटाले शब्द तथा संगीत गरेका छन् । म्युजिसियन स्टुडियोमा गरिएको गीतको रेकर्डिस्ट साजन शाह हुन् । गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् ।

रेकर्डिङ भएको गीतको बारेमा विशाल चौतारी डटकमलाई जानकारी गराउदै गायक राजेश पायल राईले नाई नभन्नु ल–४ को शिर्ष गीत १,२,३ बन्दा अझ बढी राम्रो बनेको तर्क दिए । भने–‘तर यसको खास निर्णय गर्ने अधिकार आम दर्शकहरुमा भएको कारण गीत सार्वजनिक भएपछि मात्रै थाहा हुने छ’, गायक राजेश पायलले विशाल चौतारी डटकमलाई बताए ।
नेपालमा केही सिनेमाको सिक्वेल बनेपनि तेस्रो सिरिज बनाउने सिनेमामा पहिलो रहेको चलचित्र नाई नभन्नु ल–३को अर्को थप रेकर्ड कायम भएको छ । जुन चलचित्र ‘नभन्नु ल–४ सिरिजको गीत रेकर्डिङ सुरु भएको छ । चलचित्र नाई नभन्नु ल–४ मा कुन–कुन कलाकार दोहोरिन्छन्, त्यो भने अहिले थाहा भएको छैन ।

चलचित्र नाई नभन्नु ल–३ आउदो चैत २७ गतेबाट रिलिज हुदैछ ।

प्रतिक्रिया