Bisal Chautari Logo

कालिन्चोकको हिउमा केकी र अनुपको खुलेको माया पिरती (भिडियो सहित)

- १५ फाल्गुन २०७१, शुक्रबार १०:३९ मा प्रकाशित


Keki Adhikari and Anoop Bikram Shahi movie HOW FUNNY song yo ke ho
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १५, शुक्रबार । सिनेमा बन्न भन्दा अगाडीदेखी नै विभिन्न कारणले चर्चामा रहेको चलचित्र ‘हाउ फन्नी’को लभ सङ ‘यो के हो माया जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द शान बस्न्यात, संगीत सुरेश अधिकारी तथा स्वर दीपक लिम्बु र मिलन अमात्यको रहेको छ ।

Keki Adhikari and Anoop Bikram Shahi movie HOW FUNNY song yo ke ho (1)
कालिन्चोकको हिउमा खिचिएको यस गीतमा केकी अधिकारी र अनुप बिक्रम शाहीले पहिलो पटक जोडी बाधेक हुन् । यस गीतमा कोरियोग्राफी रेनाशा वान्तवा राईको रहेको छ । गीत छयांकनलाई सम्झिदै रेनेशाले भनिन्, ‘हामीले केकी र अनुपलाई गीतमा जोडी बनाइ रहेका थियौ, हिउमा गएर निकै मेहनत गरेका थियौ त्यो सबै आज बिर्सियौ गीत हेर्दा ।
गत पौषमा खिचिएको गीतमा जाडोको पर्वाह नगरी अनुप र केकीले रोमान्स गरेका छन् । गीत छायांकनको पललाई सम्झिदै केकीले भनिन्,‘यो गीत हामी सबैको बेस्ट थियो । गीत छायांकन अघि नै मेरो खुट्टामा समस्या आएको थियो तर पनि कालिन्चोक पुगेर छायांकन गरे । जाडोमा हामीलाई सहज थिएन त्यसरी देखिन, तर त्यो सबै असहजता आज गीत हेर्दा बिर्सिएर गयो ।

Keki Adhikari and Anoop Bikram Shahi movie HOW FUNNY song yo ke ho (3)
चलचित्रमा केकी र अनुपसंगै प्रियंका कार्की, दयाहाङ राई, शिशिर राणा लगायतको अभिनय रहेको छ । गीतलाई किन हिउ मै छायांकन गर्न लगाउनु भयो त ? भन्ने प्रश्नमा निर्देशक निलु डोमा शेर्पा भन्छिन सानै देखि रोमान्टिक गीतहरु हिउमा खिचेको देखेको थिए र रहर थियो आफुले चलचित्र गर्दा पनि त्यसरी नै गीत बनाउने सपनाथ्यो । अन्तत सपना पुरा गर्न केकी र अनुपलाई दुख दिए ।’
निर्देशक शेर्पाले केहि ठट्यौली शैलीमा जवाफ दिएता पनि तर गीत हेरेका चलचित्रकर्मीले पनि तारिफ गरेका छन् । गीत आजैबाट सार्वजनिक भएकाले गीतको पूर्ण रिजल्ट आउन केहि समय लाग्नेछ । यता यसै चलचित्रबाटै चलचित्रनगरीमा कार्यकारी निर्मात्रीको रुपमा प्रवेश गरेकी पुर्व मिस नेपाल माल्भिका सुब्बा पनि गीतको प्रतिक्रिया देखेर खुसि छिन । भनिन्, ‘यो मलाइ पनि निकै मन पर्ने गीत हो र रिलिज पश्चात आएको प्रतिक्रियाले खुसि नै छु’, माल्भिकाले छोटो समयमा नै पाएको प्रतिक्रियाले उत्साहित हुदै भनिन ।

Keki Adhikari and Anoop Bikram Shahi movie HOW FUNNY song yo ke ho (2)
चलचित्रमा आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा निर्माता रहेका छन् । कमेडीसंगै सोसल म्यासेज रहेको यस चलचित्रलाई शान बस्न्यातले लेखेका हुन् भने यसमा छायांकन हरी हुमागाईको रहेको छ । छिटै नै प्रदर्शनमा आउने यस चलचित्रलाई उपत्यकामा दर्शना आर्ट्स र मोफसलमा एफडीले वितरण गर्नेछ ।

watch this video

प्रतिक्रिया