Bisal Chautari Logo

लुक्लामा फेरी विमान दुर्घटना, एक गम्भिर

- १० आश्विन २०७०, बिहीबार ०६:०९ मा प्रकाशित


 EXCLUSIVE  NEWS     
१० असोज, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा बिहीबार बिहान एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना भएको छ । 
काठमाडौंबाट उडेको एयर डाइनेष्टिको नाइन एन एईएक्स हेलिकोप्टर बिहान साढे ८ बजे लुक्ला विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुर्घटनामा हेलिकोप्टरमा रहेका चारमध्ये एक जनाको अवस्था गम्भीर छ । तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवतरण गर्नेक्रममा विमानस्थल सुरक्षार्थ घेरिएको तारमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया