Saugat Malla & Priyanka Karki movie Sadanga
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, फल्गुन १४, बिहिबार । चलचित्र ‘लुट’ हेरेपछि थाहा हुन्छ, अभिनेता सौगात मल्ल आफ्नो क्यारेक्टरमा कत्तिको मेहेनत गर्छन् भनेर । हरेक चलचित्रमा फरक अभिनय गर्न रुचाउने चलचित्र ‘लुट’मा हाकु कालेको भूमिकामा देखिएका अभिनेता सौगात मल्ल उनको पछिल्लो चलचित्र ‘षडङग’मा भने तराई लवजमा बोल्ने पात्र बनेका छन् । ‘हरेक फिल्ममा देखिने गेटअपका लागि उत्तिकै मेहनत गर्ने गरेको हुन्छु । तराईको लवज मेरो लागि खासै नौलो होइन, किनभने म त्यही परिवेशमा हुकिर्एकोले सजिलो भयो,’ अभिनेता मल्लले प्रश्ट्याए ।
हिजो बुधबार राजधानीमा चलचित्र युनिटले मिडियाकर्मीमाझ प्रोमो, पोस्टर र गीतसँगै रिलिज डेट सार्वजनिक गरेको छ । कार्यक्रममा बोल्दै नेपाली चलचित्रमा सबैभन्दा व्यस्त अभिनेत्री प्रियंका कार्कीले चैत १३ गते रिलिज हुन लागेको चलचित्र ‘षडङग’ अभिनयका हिसाबले उनका लागि चुनौतीपूर्ण रहेको बताइन् । म आफैलाई पनि फरक खाले भुमिका भएको चलचित्र गर्न मन लाग्छ र त्यो अवसर मैले यस चलचित्रमा पाएको छु,’ अभिनेत्री कार्कीले बताइन् । थपिन्, ‘मनोरञ्जनात्मक चलचित्रका सबैले आ–आफ्नो भूमिकामा मेहनत गरेका छौं । राजनीतिक अस्थीरताले गर्दा सिर्जना हुने विभिन्न परिस्थितिमा कलाकारहरुले काम गरेका छन्,’ अभिनेत्री प्रियंका कार्कीले बताइन् ।
चैत १३ मा रिलिज हुने चलचित्रलाई सुरज सुनुवारले निर्देशन गरेका हुन् । ग्याङस्टार चलचित्र मन पराउने निर्देशक सुनुवारले राजनीतिका विभिन्न ६ वटा मान्यताहरुको प्रयोग गरेर चलचित्र निर्माण गरिएको बताए । ‘राजनीतिका विभिन्न ६ वटा मान्यता फिल्ममा हेर्न पाइन्छ । तर यो राजनीतिक चलचित्र भने होइन । चलचित्रमा राजनीतिकसँग ग्याङस्टार र मनोरञ्जनात्मक कुराहरु समेत समेटिएका छन्,’ उनले भने ।
लुमिनियोस पिक्चस्को ब्यानरमा निर्माण भएको चलचित्रमा राजनीतिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । कलाकारहरुका अभिनयमा सबै सुहाएका छन् । हाम्रो भूमिकालाई दर्शकले मनपराउनु हुनेछ,’ अभिनेता अनुप बरालले भने । त्यस्तै कार्यक्रममै बोल्दै अभिनेत्री हर्षिका श्रेष्ठले चलचित्रमा आइटम गीत राम्रो बनेको बताइन् ।
चलचित्रको ३५ दिने सुटिङ राजधानी र धुलिखेलमा भएको थियो । चलचित्रमा सुजेन्द्र डि कार्कीको संगीत दिएका छन् । बृद्धिलाल मगरले प्रोडक्सन र नरेन्द्र मैनालीले सिनेमाटोग्राफीमा काम गरेका छन् । पपकर्न मुभिजले वितरण गर्न लागेको चलचित्रमा अभिनेता सौगात मल्ल, अनुप बराल, विजय लामा, प्रियंका काकी, सौरमराज तुलाधर, ए गुरुङ र हषिका श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।
[gss ids=”8639,8637,8638,8641,8640,8635″]
Saugat Malla & Priyanka Karki movie Sadanga
Sadanga (षडङ्ग) – Nepali Feature Film – Official Theatrical Trailer
Published on Feb 16, 2015
Presenting the Official Theatrical Trailer of Nepali Feature Film Sadanga. Featuring Vijay Lama, Saugat Malla, Priyanka Karki, Anup Baral, Sauram Raj Tuladhar, Nabin Manandhar and A. Gurung.
Film Releasing on Chait 13/March 27
Producer: Samir Sunuwar, Written and Directed by: Suraj Sunuwar
प्रतिक्रिया