Bisal Chautari Logo

‘धूम ३’मा आमिरको डवल रोल

- १० आश्विन २०७०, बिहीबार ०७:३० मा प्रकाशित


दर्शकहरुलाइै खुसीको खबर चलचित्र ‘धूम ३’मा आमिर डबल रोलमा देखिन लागेका छन् । यसअघि आमिरले ‘धूम ३’मा खलपात्रको भूमिकामा अभिनय गर्ने खबर नै उनका फ्यानहरुका लागि सरप्राइज थियो । अब यसमा आमिरलाई डबल रोल त्यो पनि जुम्ल्याहा भाइको रुपमा पोजिटिभ रोलको खबर यसपटक सार्वजनिक भएको हो । यो खबर पक्कै पनि फ्यानका लागि ठूलो सरप्राइज हुनसक्छ ।समाचार सत्य भए आफ्नो बिरामी भाइकै लागि आमिर खलचरित्रको हुन बाध्य भएको कथा फिल्ममा छ । समाचार अनुसार आमिरको डबल रोलको परिकल्पना आदित्य चोपडाले गरेका हुन् । अब आमिर डबल भएपछि ‘धूम ३’ले तहल्का मच्चाउने झन् निश्चित भएको निर्माण टोलीको दाबी छ ।

प्रतिक्रिया