Bisal Chautari Logo

सुनिताले भनिन–‘सेक्स गराउन श्रीमाणलाई कन्भिन्स गराउछु’

- १० आश्विन २०७०, बिहीबार ०८:२९ मा प्रकाशित


EXCLUSIVE  NEWS 

विशालसंग फन्नि कर्नर 

–सुनीता दुलाल, चर्चित लोकगायिका 


तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली के हो ?
कुकुर ।
एक दिनका लागि रप परिवर्तन गर्न पाए ?
ऐश्वर्या राय बच्चन बन्थेँ ।
सार्वजनिक स्थानमा चुरोट सेवन गरिरहँदा प्रहरीले पक्रिए ?
म चुरोट सेवन त गदिनँ । तर, त्यस्तो परिहालेछ भने अब आइन्दा गदिनँ भन्दै माफी माग्थे । माफी दिएनन् भने सजाय भोग्न तयार हुनुपरिहाल्यो नि ।
जस्टिन बिबरले प्रेमप्रस्ताव राखे ?
जस्टिन बिबरभन्दा मेरा लागि सांगीतिक करियर नै ठुलो हो । सिधै नो भनिदिन्थे । फेरि मलाई नेपाली केटा नै बढी मनपर्छ ।
दश वर्षसम्म पनि बिबरले कुरिराखे भने ?
एकोहोरो रोटी पाक्दैन भन्ने नेपाली उखान सुनाइदिन्छु ।
रियल लाइफमा कुनै युवकलाई चुम्बन गर्नुभएको छ ?
छैन ।
जुनी फेर्न पाए के भएर जन्मने ?
फेरि पनि गायिका नै भएर जन्मन चाहन्छु ।
हलिउड चलचित्र स्पाइडर म्यानको नयाँ सिक्वेलमा खेल्ने अफर आए ?

सिधै नो भनिदिन्छु । मलाई नेपाली चलचित्रबाट पनि रिक्वेस्ट नआएको होइन । बरु हलिउड चलचित्रको गीतका लागि अफर आएचाहिँ राजी हुन्छु ।विवाहपछि पतिले सेक्स सम्बन्ध राख्न नमाने ?
पहिला त कन्भिन्स गराउन खोज्छु । मान्दै नमाने उत्तम विकल्प त सोच्नै पर्‍यो नि । सेक्सविना जनावरको जीवन त सम्भव छैन । मानिस झन् सेक्सविहिन भएर कसरी बाँच्न सकिएला र !

प्रतिक्रिया