Bisal Chautari Logo

आलोकको अन्तिम कोशेली ‘अझै पनि’ प्रिमियरमा कलाकारको आँखाबाट आशु रसाए (फोटो फिचर सहित)

- १३ फाल्गुन २०७१, बुधबार ०७:१६ मा प्रकाशित


alok nembang movie ajhai pani premieres
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, फल्गुन १३, बुधबार । निर्देशक आलोक नेम्वाङको अन्तिम कोशेलीको रुपमा रहेको चलचित्र ‘अझै पनि’को भब्य प्रिमियर गरिएको छ । हिजो मंगलबार काठमाण्डौको बीग सिनेमामा भव्य प्रिमियरमा नेपाली सेलिब्रेटिहरुको बाक्लै उपस्थित रहेको थियो । भने प्रिमियरमा चलचित्रकर्मी तथा पत्रकारहरुको आखाबाट आसु रसाएको थियो ।

alok nembang movie ajhai pani premieres
यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अझै पनि’ को प्रिमियर कार्यक्रममा ‘ट्रष्ट आलोक’को नामबाट पहिलो पटक संगीतकार तथा प्रथम म्यूजिक भिडियो निर्देशक शम्भुजित बास्कोटालाई सम्मानितपनि गरियो । आलोककी आमा र निर्मात्री पूनम गौतमले शम्भुजितलाई प्रमाणपत्र सहित खादा ओढाएर सम्मानित गरेका थिए । सम्मानित भएपछि निर्देशक शम्भुजित बास्कोटाले भने–‘काम गरेपछि पक्कै पनि त्यसको कदर हुन्छ भन्ने मलाई लागेको छ । मैले यो सम्मान पाउछु भनेर सो म्युजिक भिडियो निर्देशन गरेको थिइन ।’ बास्कोटाले अझ पनि भन्दै थपे, आलोकलाई स्वार्गीय नभनौ । हामि माझ आलोक जिवित रहेको छ, र कलाकारहरु कहिल्यै स्वर्गिय हुदैनन्, संगतिकार शम्भुजित बास्कोटाले बताए । नेपालमा पहिलो म्यूजिक भिडियो बनाउने निर्देशक संगीतकार शम्भुजित बास्कोटा हुन् ।

alok nembang movie ajhai pani premieres (9)
चलचित्रमा एक नारीका लागि सिन्दुर र पोतेको महत्व कती हुन्छ भन्ने हाम्रै समाजको कथालाई देखाएको छ । चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विपना धिमाल, विशाल ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका सबै कलाकारहरु आ–आफ्नो पार्ट हेर्दै, अनि निर्देशक आलोक नेम्वाङलाई सम्झदै आखाबाट आसु झारीरहेका थिए ।

alok nembang movie ajhai pani premieres (4)
त्यस मध्येका एक अभिनेत्री पुजा शर्मापनि हुन् । विशाल चौतारी डटकमसंग कुराकानी गर्दै अभिनेत्री पुजाले सिनेमाको हरेक पाटोमा हामि आलोक दाईसंग जोडिएकाले ति सुटिङका दिनहरु याद आउछ’, अभिनेत्री पुजाले गहभरि आसु पार्दै भनिन् । अभिनेत्री पुजा मात्र होइन, अन्य चलचित्रकर्मीको आँखाबाट पनि आशु रसाए । त्यस्तै चलचित्र ‘अझै पनि’ हेरेपछि अभिनेता भूवन केसीले प्रशंसा गरे । उनले चलचित्रका कलाकार र निर्देशकको कामको प्रशंसा गरेका हुन् । चलचित्र हेर्ने सबैजसो पत्रकार र कलाकारले यसको प्रस्तुतीलाई उत्कृष्ट भनेका छन् ।alok nembang movie ajhai pani premieres (7)
alok nembang movie ajhai pani premieres (8)प्रिमियर शोमा अभिनेत्रीहरु क्रमश: केकी अधिकारी, प्रियंका कर्की, नम्रता श्रेष्ठ, कोरियोग्राफर रिनेशा बान्तावा राई, हास्य अभिनेताहरु निर्मल शर्मा, दिपकराज गिरी, निर्माता छविराज ओझा, सुनिल कुमार थापा, वितरक गोपाल कायस्थ लगायत उपस्थित रहेका थिए । फागुन १५ गतेबाट चल्ने यो चलचित्रमा पूनम र सुदर्शन थापाको लगानी छ ।alok nembang movie ajhai pani premieres (12)

alok nembang movie ajhai pani premieres
Sudarshan Thapa Production/ Poonam Entertainments
Movie : AJHAI PANI
Company: Sudarshan Thapa Production/Poonam Entertainment
Artist:Sudarshan Thapa,Puza Sharma,Surakshya Pant, Pushpa Khadka. Bishal Dhungana,Pramila Khanal,Bipana Dhimal,Bijay Lama,Mithila Sharma,Ramsaran Pathak……….
Director:Alok Nembang
Producer:Poonam Gautam/Sudarshan Thapa
DOP:Rajesh Shrestha
Edit:Pritam Pandey
Srcipt:Ram Saran Pathak
Music Director:Sachin Singh,Mahesh Khadka,Hari Lamsal,Rajan Raj Siwakoti
Action:Asta Maharjan
Costume Designer: Poonam Gautam
Production Controller: Nabin Puri
Colorist: Ananta Ghimire
Background Music: Shailendra Pradhan “Babu”
Poster Designer:Anil Sthapit
Singer:Deepak Limbu,Hari Lamsal,Sahima Shrestha.Manisha Pokhrel, Dinesh Gautam, Rajoo Lama
Post Production& Camera Equipment: Cine Zone Studio

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8596,8597,8598,8599,8604,8603,8601,8602,8600,8605,8606,8607,8608,8609″]

प्रतिक्रिया