Bisal Chautari Logo

‘ब्युटिसियन नेपाल–२०१५’ मा ३० ब्युटिसियन अन्तिम प्रतिस्पर्धामा

- १२ फाल्गुन २०७१, मंगलवार १८:५९ मा प्रकाशित


Beautician Nepal 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १२, मंगलबार । पछिल्लो समय मिस प्रतियोगीता प्राय सबै क्षेत्रमा हुने गरेको छ । तर प्रतियोगीताका बिजेताले ठगिनु परेको वास्तविकता बिजेतालाई मात्र थाहा हुन्छ । यही कुराको विरोध गर्दै प्रतियोगीतालाई सम्मान गर्दै अमेजन इन्टरटेन्टमेन्टले ‘ब्युटिसियन नेपाल–२०१५’ को आयोजना गर्न लागेको छ ।

Beautician Nepal 2015 (1)
Beautician Nepal 2015 (3)यहि बिषयमा जानकारी दिन केही दिन अगाडी पत्रकार पम्मेलनको आयोजना गरीएको थियो । जनाकारी अनुसार अन्तिम प्रतिस्पर्धामा ३० जना ब्युटिसियनहरु भिड्ने इभेन्ट मेनेजर कमल खतिवडाले जानकारी दिए । कार्यक्रममा बताइए अनुसार प्रतियोगिताको ३ बिजेतालाई मिलाएर १ लाख पुरस्कार स्वरुप दिइने बताइएको छ । यति मात्र होइन, बताइए अनुसार कार्यक्रममा २५ वटाभन्दा बढी सबटाइटलमा पुरस्कार दिइनेपनि जानकारी गराइएको छ ।
फागुन २५ गते हुने फाइनलका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ । अहिले प्रतियोगिहरुको फोटोसुट भइरहेको छ । मुलुकभरबाट जम्मा भएका ब्युटिसियनहरुलाई आरजे तथा भिजे कला सुब्बाले प्रमुख प्रशिक्षक भएर प्रशिक्षा दिनेछन् । पत्रकार सम्मेलनमा बोल्दै चुलो चौको र एकोहोरो ब्युटिसियन काम गर्नेहरुको लागि यो प्रतियोगिता अति उपयोगी भएको प्रशिक्षक कलाले बताइन् । कलाले थपिन्, ‘अहिलेपनि हरेक दिन महिलाहरु परिवार, समाज र आफ्नै जिवनसाथीबाट पिडित भइरहेका छन् ।’ केही दिन अगाडी मोडलिङ, मिडियासम्बन्धी जानकारी, विशेष मेकअप तालिम, पब्लिक स्पिकिङ लगायत ७ दिने तालिम दिइएको थियो । कार्यक्रममा हिमानी सुब्बाले कोरियोग्राफी गरिरहेकी छिन् ।

प्रतिक्रिया