Bisal Chautari Logo

हेटौँडामा मृगौला पिडीतका लागी चर्चित दर्जनौ कलाकारले गाउदै

- १२ फाल्गुन २०७१, मंगलवार १०:४७ मा प्रकाशित


Nabin K Bhattarai, Sugam Pokhrel, Girish Khatiwoda, Indira Joshi, B-8 band performing helping concert
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, फल्गुन १२, मंगलबार । नेपालमा धेरै किसिमका कन्र्सटहरु हुने गरेको छ । पछिल्लो समय सामाजिक सेवा गर्ने उद्देश्य लिएर कन्र्सटहरु हुने गरेको छ । यस्तै क्रममा नेपालका चचिर्त गायक गायिकाहरु फागुन १६ गते हेटौँडाको हुप्रा चौरमा जमघट हुने कार्यक्रम रहेको छ । यही बिषयमा जानकारी दिन केही दिन अगाडी काठमाडौको पर्यटन बोर्डमा एक प्रेसमिटको आयोजना गरीएको थियो ।Nabin K Bhattarai, Sugam Pokhrel, Girish Khatiwoda, Indira Joshi, B-8 band performing helping concert-1

मकवानपुर जिल्लाको हटौडा लगायतका स्थानीयहरुले अनुपम स्वरका धनी गायक गायिकाबाट भरपुर मनोरञ्जन पाउने भएका छन् । हुप्रामा विशेष गरी नबिन के भट्टराई, सुगम पोखरेल, गिरीस खतिवडा, इन्दिरा जोशी, बि–८ ब्याण्ड, कमल खत्री, आस्था बी लगायतका चचिर्त गायक गायिकाहरुले आ–आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन दिनेछन् । हुप्रामा हुने कार्यक्रम अर्थात् च्यारीटी सोमा हजारौँ दर्शक आउने आकलन गरिएको छ ।

B-8 band - rajib performing helping concert
फागुन १६ गते हुप्रा चौर गायक गायिकाको सुमधुर संगितमा व्यस्त हुनेछ । सांगीतिक कार्यक्रमबाट संकलन भएको रकमको ३५ प्रतिशत र सहभागी कलाकारको पारिश्रमिकबाट २५ प्रतिशत रकम दुबै मृगौला फेल भई उपचार गराईरहेका राजु सापकोटाका लागि खर्च हुने बताइएको छ ।

Fame Nepal will be helping him by the amount collected from the concert.  The live concert will take place at Hupra Chaur, Hetauda on 16th of Falgun. Artists like Nabin K Bhattarai, Sugam Pokhrel, Girish Khatiwoda, Indira Joshi, B-8 band, Kamal Khatri, Aastha B and more will be performing at the event.

प्रतिक्रिया