Bisal Chautari Logo

क्रिकेट कप्तान पारस खड्का प्रेम सम्वन्धलाई बिहिबार बिबाहमा परिणत गर्दै

- ११ फाल्गुन २०७१, सोमबार ०८:४४ मा प्रकाशित


cricket paras khadka marriage
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ११, सोमबार । सेलिब्रेटिहरुको प्रेम सम्वन्ध भएर बिबाहमा परिणत भएको धेरै कम सम्वन्ध रहेको छ । तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले केही वर्षदेखिको प्रेम सम्बन्धलाई वैवाहिक बन्धनमा परिणत गर्ने पक्का गरेका छन् । पारसले आफ्नी प्रेमिका प्राप्ति राज्यलक्ष्मी राणासँग यही फागुन १४ गते बिहिबारका दिन विवाह गर्न लागेको हुन् ।

cricket paras khadka marriage
पारस र प्राप्तीबीच दुई वर्ष अघि नै इन्गेजमेन्ट भएको थियो । प्राप्ति काठमाडौं स्व. दिपविक्रम राणा र गौरी राज्यलक्ष्मी राणाकी छोरी हुन् । पारस र प्राप्तिको जोडी लामो समयदेखि प्रेममा भएपनि उति चर्चामा आएको थिएन । उनीहरु सार्वजनिक ठाउँमा पनि कम देखिएका छन् । एक पटक मात्र यो जोडी सँगै गोकर्ण रिसोर्ट पुगेको फोटो सार्वजनिक भएको थियो ।
२०४४ सालमा जन्मिएका पारस नेपाली राष्ट्रिय टोलीका भरपर्दो खेलाडी हुन् । प्रथम स्तरको क्रिकेटमा २००४ मा मलेसिया विरुद्धको खेलमा डेब्यु गरेका पारसको नेतृत्वममा रहेको नेपालले डिभिजन ४, डिभिजन ३ जितिसकेको छ भने यसै वर्ष नेपालले नामिबियामा डिभिजन २मा उत्कृष्ट प्रदरर्शन गर्दै डिभिजन एकमा बढुवा भएको हो ।

प्रतिक्रिया