Bisal Chautari Logo

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन रेग्मि अमेरिका प्रस्थान

- १० आश्विन २०७०, बिहीबार १७:२७ मा प्रकाशित


१० असोज, काठमाण्डौं । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी बिहीबार अमेरिका प्रस्तान गर्नु भएको छ । संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन रेग्मी आज अमेरिकाको न्युयोर्क जानु भएको हो ।रेग्मीले नेपालका तर्फबाट महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । २८ सेप्टेम्बरमा हुने सम्बोन पछि उहाँले राष्ट्रसंघका महासचिव वान की मुन र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रेग्मीको सचिवालयले जनाएको छ । रेग्मीले अमेरिकामा रहेका नेपालीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । संविधानसभा निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्थामा देश बाहिर जान नमिल्ने भन्दै विभिन्न टिक्का टिप्पणी आएपनि विवादका बापजुत रेग्मी अमेरिका जान लाग्नुभएको हो । रेग्मी नेतृत्वको टोलीमा उहाँकी श्रीमती शान्ता रेग्मी, स्वकीय सचिव प्रकाश रेग्मी, कालीप्रसाद पोखरेल, परराष्ट्र सचिव अर्जुनबहादुर थापा, राष्ट्रसंघका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, उद्धवप्रसाद बाँस्कोटालगायतको टोली रहेको छ । उहाँ आगामी १ अक्टोबरमा स्वदेश र्फकनुहुनेछ ।

प्रतिक्रिया