Bisal Chautari Logo

खोटाङमा भर्दै गरेको कटुवा बन्दुक पड्किँदा….

- १० फाल्गुन २०७१, आईतवार १३:१६ मा प्रकाशित


khotang newskhotang news
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १०, आइतबार । बारुद भर्ने क्रममा कटुवा बन्दुक पड्किँदा खोटाङमा एक युवाको औंला चुँडिएको छ । कटुवामा सलाईको काँटी भर्नेक्रममा पड्किँदा उदयपुरको लाफागाउँ–९ का २१ वर्षीय धनशेर बिश्वकर्माको दायाँ हातको बुढी औंला चुँडिएको हो ।
कटुवा बन्दुकको चोटले औंला गुमाएका बिश्वकर्मा ‘अरुले पेस्तोलले ताकेर घाइते बनाएको’ भन्दै शुक्रबार प्रहरीचौकीको सम्पर्कमा आएको र सोधपुछकाक्रममा ‘आफै घाइते बनेको’ खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिनोदराज खरेलले बताउनुभयो । बतासे–४ भँडारेघाटस्थित प्रहरी चौकीले नियन्त्रणमा लिएका घाइते बिश्वकर्माको अहिले जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।
तराईबाट दिक्तेल आउँदै गरेका बिश्वकर्माको कटुवा बन्दुक भर्नेक्रममा जंगलमा पड्किएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ खरेलले बताउनुभयो । कटुवा बन्दुक पड्किएको आवाज स्थानीयले सुनेपछि बिश्वकर्माले प्रहरी समक्ष ‘अरुले आफुलाई पेस्तोल हानेको’ भन्दै प्रहरीको सम्पर्कमा आएको प्रहरीको अनुमान छ । बिश्वकर्माको साथबाट एक थान कटुवा बन्ुदक, सलाईको बट्टा र काँटी बरामद गरिएको खरेलले जानकारी दिनुभयो । बिश्वकर्मा बिरुद्ध हातहतियार तथा खरखजना मुद्धा चलाइने प्रहरीले जनाएको छ ।
समाचार स्रोत : हाम्रो खोटाङ डटकम

प्रतिक्रिया