Bisal Chautari Logo

प्लेनमा खलासीले ‘ओ दाई कतार कतार’ भनेर बोलाएपछि (रेशम फिलिली टिजर)

- ९ फाल्गुन २०७१, शनिबार १७:०८ मा प्रकाशित


Resham Filili Official Teaser Trailer Vinay Shrestha, Menuka Pradhan
विशाल चौतारी समाचार
धरान, २०७१, फल्गुन ९, शनिबार । नेपालमा अहिले सम्मकै छोटो समयमा धेरै हेरीएको गीतमा चलचित्र ‘रेशम फिलिली’को ‘जालमा’ बोलको गीत रहेको छ । युटुबमा यस गीतको कभर गाउनेहरुको संख्या दिनानुदिन बढिरहेको छ । Resham Filili Official Teaser Trailer Vinay Shrestha, Menuka Pradhan (1)
यस्तै क्रममा चलचित्र ‘रेशम फिलिली’ को ३० सेकेण्ड लामो तिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य तीन पात्र विनय श्रेष्ठ, मेनुका प्रधान र कामेश्वर चौरासिया लगायत देखिएका छन् । चलचित्रको सार्वजनिक टिजरलाई नाम अनुसारकै रमाइलो तरिकाले बनाइएको छ । टिजरको सुरुमै प्लेनको ढोका नेर बसेर गाडिको खलासीले मान्छे बोलाए जस्तो गरेर ‘ओ दाई कतार कतार’ भनेर बोलाएको सिन राखिएको छ ।
अभिनेता विनय श्रेष्ठले निर्माता माधव वाग्लेसंग मिलेर निर्माण गरेको यस चलचित्रमा प्रणव जोशीको निर्देशन रहेको छ । चलचित्र आउदो बैशाख ११ मा प्रदर्शन हुनेछ ।

Resham Filili Official Teaser Trailer Vinay Shrestha, Menuka Pradhan and Kameshwor Chaurasiya

प्रतिक्रिया