Bisal Chautari Logo

केकी अधिकारी भन्छिन् ‘राजनैतिक अस्थिरताले गर्दा युवा पुस्तामा निराश बढेर गएको छ’

- ८ फाल्गुन २०७१, शुक्रबार १७:१३ मा प्रकाशित


Keki Adhikari says, “political instability young generation has grown frustrated ‘
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ८, बिहिबार । अभिनेत्री केकी अधिकारीले ‘राजनैतिक अस्थिरताले गर्दा युवा पुस्तामा निराश बढेर गएको बताएकी छिन् । चिया गफ टोलीद्धारा आयोजित चिया गफको आठौं श्रृङ्खला अन्तर्गत हिजो मण्डला थियटरमा ‘प्रजातन्त्रका लागि संघर्ष : परावर्तन र प्रभाव’ माथि युवाहरुमाझ अन्तरक्रिया कार्यक्रममा सो कुरा अभिनेत्री केकी अधिकारीले बताएकी हुन् ।

Keki Adhikari says, political instability young generation has grown frustrated '
अभिनेत्री केकीले भनेकी छिन्‘युवाहरुले अधिकारको प्रयोग गर्न पाइरहेको छैन । सरकारलाई गाली गरेर समस्या सुल्झिदैन् । त्यसैले हामीले छनोट गर्ने नेताहरुसमेत समाजप्रति बफादर हुनुपर्ने हो । प्रजातन्त्रपछि लोकतन्त्र र गणतन्त्र आएपनि जनतामा भने आशावादी हुने वातावरण समेत सृजना हुन सकेको छैन्,’उनले भनिन् । नेपाली फिल्ममार्फत जनतालाई प्रजातन्त्र र स्वतन्त्रताका विषयमा जगरुप गराइरहेको प्रतिक्रिया उनले दिइन् । ‘अधिकार मागेर नपाइ त्यसका लागि लड्नुपर्छ । यसका लागि सबैजना सचेत हुनु जरुरी छ,’उनले भनिन् ।
कार्यक्रमलाई कान्तिपुर एफएमका समाचार सम्पादक पवन आचार्यले प्रजातन्त्र र वर्तमान नेपाली परिस्थितिमाथि छलफल सुरु गरेका थिए । मानवअधिकारकर्मी कपिल श्रेष्ठ, रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरे र अभिनेत्री केकी अधिकारीले आ–आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रम युवाहरु माझ विभिन्न विषयमा नियमित संञ्चालन हुने चिया गफ टोलीबारे आयोजककी जयन्ती ज्ञवालीले जानकारी गराइन् ।
‘चिया गफ युवाहरुको लागि छलफलको केन्द्र बनाउन आयोजना गरेका हौं । यसमा समसामाजिक विषयहरुलाई प्राथमिकता राखिएका छौं । चिया गफले कुनैपनि विषयमाथि युवाहरुको सोचमाथि छलफल चलाउन तत्पर छ,’ चिया गफ टोलीकी जयन्ती ज्ञवालीले भनिन् ।
त्यस्तै रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेले राजनैतिक पाटीहरुले जनतालाई माग्नमात्र सिकाएको प्रतिक्रिया दिए । ‘३० वर्ष पञ्चायतपछि आएको प्रजातन्त्रले परिवर्तनमा जोड दिन सकेन । यसले राजनैतिक पाटीमात्र जन्माउने काम गरेर जनतामा धेरै आशाहरु पाइदियो । वास्तवमा राजनैतिक पाटीले जिम्मेवारी लिनुभन्दा माग्नमात्र सिकाए । राम्रा नेताले जिम्मेवारी लिनसक्नुपर्छ,’उनले भने । संविधानको सपना देखाएर हरेक दिन जनतालाई निराश पार्ने काम राजनैतिक पाटीले गरेको तर्क उनले दिए । ‘संविधान बन्दैमा देशमा स्वीजरल्यान्ड हुन्छ भन्ने कुराको भ्रम सबैबाट हट्नुपर्छ । अहिले हामीले आशावादी भएर सोच्नेमात्रपनि ठूलो परिवर्तनको आउनसक्छ । त्यसका लागि युवाहरुलाई समेत अवसर दिनसक्नुपर्यो ।’
त्यस्तै मानवअधिकारकर्मी कपिल श्रेष्ठ प्रजातन्त्रबाट जनताहरुमा जागरण फैलिएको बताए । ‘लोकतन्त्र एउटा प्रक्रिया हो । मानिसलाई सकारात्मक हुन सिकाउने परिवर्तनकारी प्रक्रियाअघि विभिन्न हिंसात्मक घटनाहरु नेपाली जनताले भोग्नुपर्‍यो । जनताको भोट जितेर संविधान सभामा पुगेका सभासद्हरुले सबैलाई निराश बनाए । पञ्चायतमा राणाहरुले स्कुल नपढाएर जनतालाई दुखित पारेका थिए । अहिले बन्नुपर्ने संविधान समेत समयमा नबन्दा समस्या आएको हो ।’

प्रतिक्रिया