Bisal Chautari Logo

‘विश्वकै कान्छा निर्देशक’मा नाम लेखाएपछि सौगातले ‘लव यु बाबा’ पुन: रिलिजको आग्रह गरे

- ८ फाल्गुन २०७१, शुक्रबार १३:५४ मा प्रकाशित


youngest film director SAUGAT BISTA world records 

ब्रेकर : कार्यक्रममा बोल्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले नेपालमा धेरै गिनिजबुक होल्डर भएपनि नेपाली चलचित्र क्षेत्रमा पहिलो रेकर्ड भएकाले यो गौरवको विषय रहेको बताए ।

विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
धरान, २०७१, फल्गुन ८, शुक्रबार । ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र ‘लव यु बाबा’ निर्माण गरेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा ‘विश्वकै कान्छा निर्देशक’को रुपमा नाम लेखाएका कान्छा निर्देशक सौगात बिष्टले आफुले निर्देशन गरेको चलचित्र पुन रिलिज गर्न आग्रह गरेका छन् ।

youngest film director SAUGAT BISTA world records  (8)
अनामनगर काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको हातबाट ‘गिनिज बुक’को प्रमाणपत्र निर्देशक सौगात बिष्टले लिए । प्रमाणपत्र लिइसकेपछी निर्देशक सौगातले खुसिको दिन भएपनि दुखको कुरा गर्न परेको बताउदै दर्शकले आफुलाई नपत्याएको बताए । सौगातले भने–‘आज मलाई दुख लागेको छ भने खुशी पनि छु । दर्शकले यती सानो बालकले पनि के चलचित्र बनाउँला भनेर मलाई पत्याउनु भएन । तर, गिनिज बुकले मलाई पत्यायो र म यो उपलब्धी हाशिल गर्न सफल भएँ’, निर्देशक सौगातले बताए । विश्वकै कान्छा निर्देशक बनेका सौगातले आफ्नो आमा र बुबाले आफूलाई पत्याएर जोखिम मोलेको बताए । उनले फेरि चलचित्र प्रदर्शन गर्ने व्यवस्था मिलाइदिन चलचित्र क्षेत्रसंग संवद्ध सबैसँग आग्रह पनि गरे ।youngest film director SAUGAT BISTA world records  (1)
त्यस्तै कार्यक्रममा सौगातलाई वधाई दिदै मन्त्री रिजालले उनको कामले देशकै शिर उच्च भएको बताए । उनले, सौगातको चलचित्र फेरि एकपटक हलमा चलाउने प्रवन्ध गर्न सबैलाई आग्रह गरे । मन्त्री रिजालले आफूले पनि यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मंसिर २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘लभ यू बाबा’का कलाकार तथा सौगातका बुबा गजित बिष्टले चलचित्र क्षेत्रकै कतिपय चलचित्रकर्मीले आफूहरुको कामलाई हाँसो र जोक्स बनाएको भन्दै छोराले पाएको सफलताले आफूहरुको मिहिनेत उपलब्धीमा बदलिएको बताए । चलचित्रकी कलाकार तथा सौगातकी दिदी संगम बिष्टले भाइको खुशीमा आफू पनि उत्साहित भएको बताइन् ।

youngest film director SAUGAT BISTA world records  (2)
त्यस्तै कार्यक्रममा बोल्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले नेपालमा धेरै गिनिजबुक होल्डर भएपनि नेपाली चलचित्र क्षेत्रमा पहिलो रेकर्ड भएकाले यो गौरवको विषय रहेको बताए । निर्देशक सौगातलाई बधाइदिदै राजकुमार राईले आफ्नो संस्था र आफुले गर्न सक्ने कुराहरुमा पहल गर्ने समेत प्रतिवद्धता दिदै सिनेमा हेर्ने चाहना ब्याक्त गरे ।
कार्यक्रममा सौगातले चलचित्र निर्देशन गरेका दृश्यहरु देखाइएको थियो । भारतका ९ बर्षका बालकलाई उछिन्दै सौगातले ७ बर्ष ३४० दिनमा चलचित्र निर्देशन गरेर विश्व रेकर्ड बनाएका हुन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8500,8504,8503,8502,8501,8499,8498,8497″]

प्रतिक्रिया