movie Producer London charity give the money
विशाल चौतारी समाचार
धरान, २०७१, फल्गुन ७, बिहिबार । पछिल्लो समय विदेशमा नेपाली चलचित्रहरु सहयोग गर्ने भनेर धेरै प्रर्दशन हुने गरेको छ । समाचारमा सहयोग स्वरुप भएको कार्यक्रमहरु सुन्न पाइन्छ । तर समाचारमा रकम हस्तान्तरण सुन्न पाइन्न ।
तर नेपाली चलचित्र ‘प्रोड्युसर’को टिमले भने पत्रकार सम्मेलन गरेरै रकम हस्तानतरण गरेको छ । पत्रकार महासंघ धरानको कार्यलयमा हिजो फल्गुन ६ गतेको दिन रकम हस्तानतरण गरीएको हो ।
नेवा च्यारिटी तथा नेपाली चलचित्र ‘प्रोड्युसर’ले केही महिना अगाडी लण्डनमा च्यारिटी सो गरी उठाएको रकम ४ लाख ८० हजार रुपैया इटहरी, सुनसरीका लक्ष्मण तामाङको परिवारलाई हस्तानतरण गरिएको हो । सो तामाङको परिवारमा चार जना सन्तानहरु पुरै असक्त रहेका छन् । र अर्को भोजपुरको सन्जिव राई जसको चार हात पाउ आधा–आधा मात्र छन् । पिडितहरुलाई चलचित्र ‘प्रोड्युसर’ चलचित्रका निर्माता ज्योतिराज राई, अभिनेता बाबु बोगटी, नेवा च्यारिटीका फाउन्डर सन्तोस राईद्धरा सो चेक हस्तानतरण गरिएको थियो ।
सहयोग हस्तानरण कार्यक्रममा बोल्दै निर्माता ज्योतिराज राईले आफ्नो सिनेमाबाट केही रकम सहयोग स्वरुप हस्तारण गर्न पाएकोमा खुसी लागेको बताए । लण्डनमा च्यारिटी गर्दाको दिन सम्झिदै लण्डनको हेल्पिङ यु टिमलाई बिशेष धन्यवाद निर्माता ज्योतिराजले दिए । त्यस्तै कार्यक्रममा अभिनेता बाबु बोगटीलेपनि बोलेको थिए ।
प्रतिक्रिया