Bisal Chautari Logo

गिनिज बुकमा विश्वकै कान्छा निर्देशकमा सौगात विष्टको नाम लेखियो

- ६ फाल्गुन २०७१, बुधबार १६:४१ मा प्रकाशित


SAUGAT BISTA world records youngest film director
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ६, बुधबार । निकै लामो समयदेखी प्रयास गरिएको काम अहिले आएर सफल भएको छ । यो एक ब्याक्तिको सफल्ता भन्दाबढी नेपाली र नेपाली चलचित्र क्षेत्रको लागि रहेको छ । यति ठुलो सफल्ता ८ वषिर्य नेपाली निर्देशक सौगात विष्टले गिनिज वुक अफ वल्र्ड रेकर्डमा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल भएका छन् ।

SAUGAT BISTA world records youngest film director (1)
गिनिज वुक अफ वल्र्ड रेकर्डस्को आधिकारीक वेबसाइटमा विश्वकै कान्छो निर्देशक भनी ८ वषिर्य सौगात विष्टको नाम उल्लेख भएको छ । यो सँगै सौगात विश्वकै व्यवसायिक फिचर फिल्म निर्देशन गर्ने कान्छो निर्देशक भएका छन् । सन् २००७ जनावरी ६ तारिखमा जन्मिएका सौगातको उमेर फिल्म ‘लभ यू बाबा’ निर्देशन गर्दा ७ वर्ष ३ सय ४० दिनको थियो । सौगातले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ ले नेपाली दर्शकको मन छुन सफल थियो ।
फिल्म ‘लभ यू बाबा’ मा सौगातले आफ्नै पिता गजित विष्ट र दिदी संगम विष्टलाई मुख्य भूमिकामा प्रस्तुत गरेका छन् । यसअघि विश्वकै कान्छा निर्देशकको नाम गिनिज बुकमा भारतिय बाल निर्देशकको नाम थियो ।

गिनिज बुकमा लेखिएको शब्द जस्ताको तस्तै :

Youngest film director
Who : SAUGAT BISTA
Where : NEPAL/ KATHMANDU
When : 12 DECEMBER 2014
The youngest director of a professionally made feature length film is Saugat Bista (Nepal, b. 6 January 2007), who was aged 7 years and 340 days when Love you baba (Nepal, 2014) was released in cinemas on 12 December 2014.
Saugat is also a member of the Film Directors Guild of Nepal

प्रतिक्रिया