Bisal Chautari Logo

आर्यनको ‘होमवर्क’ सकियो || रिजल्ट कहिले आउला ?

- ६ फाल्गुन २०७१, बुधबार ०९:४९ मा प्रकाशित


Aaryan Sigdel homework nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ६, बुधबार । चलचित्र होमवर्कको छायाकन सकिएको छ । निरक पौडेलको निर्देशनमा बनेको चलचित्र होमवर्कको मंगलबार इण्डक्ल्याप गरिएको छ ।

सही होमवर्क गरेमा मात्र आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने भनाईका साथ निर्माण गरिएको होमवर्कमा आर्यन सिग्देल दोहोरो भूमिकामा देखिएका छन् भने गौरी मल्ल, नम्रता श्रेष्ठ, विजय लामा, जिपी तिमिल्सना लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ ।

Aaryan Sigdel homework nepali movie
चलचित्रमा नायक आर्यन बृद्धको गेटअपमा समेत प्रस्तुत भएका छन् । उनको बृद्ध गेट अप अनि चलचित्र भित्रका उनका क्रियाकलापहरु चलचित्रको घोषणा साच्गै निकै चर्चामा आए । धेरैले उनको फरक गेटअपलाई छायाकन समयमा नै नविन भनि पतिक्रिया दिएका छन् ।
विविध कारणहरुले पछिल्लो समय निकै प्रतिक्षित बनिरहेको होमवर्कको अधिकांश छायाकन सेट लगाएरै गरियो । बालाजु स्थित नेपाल चलचित्र विकास कम्पनीको स्टुडियोमा होमवर्कका लागि भिन्न भिन्न सेट लगाइएको हो भने राजधानीका अन्य विभिन्न स्थानमा पनि सेटको प्रयोग निकै गरियो । त्यसो त पोखरा, नारायणघाट लगायतका स्थानमा पनि सेट लगाएरै चलचित्र होमवर्क खिचियो ।
सेट लगाउादा बजेट केही बढ्न सक्ने भए पनि त्यसले गुणस्तरिय सिनेमा निर्माणमा अर्थ राख्ने भएकोले यसो गरिएको निर्माण संस्थाले जनाएको छ । निर्देशक निरक पौडेल चलचित्र आफ्ना कडा होमवर्ककको प्रतिफल भएको बताउछन् । त्यसो त आफै निर्माता रहेका निरक बजेट कटौतिको नाममा छायाकनको क्रममा सम्झौतात गरेका छैनन् भन्ने प्रश्न उठ्नु स्वभाविक छ । तर निरक आफुले छायाकन सेटमा आफु भित्रको निर्मातालाई हटाएर निर्देशक मात्र राखेकोले त्यसो नभएको बताउछन् ।
गोपीकृष्ण मुभिजको व्यानरमा उद्धव पौडेलको प्रस्तुति रहने होमवर्कलाई निकिता पौडेल, निरज पौडेल र निरक पौडेलले निर्माण गरेका हुन । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन भने शिवम अधिकारीले होमवर्क लेखेका हुन ।

प्रतिक्रिया