Bisal Chautari Logo

‘धुन’ को रिलिज पोष्टपोण्ड

- ६ फाल्गुन २०७१, बुधबार ०६:३४ मा प्रकाशित


Nepali Movie Song Dhoon
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ६, बुधबार । चैत्र ६ लाई प्रदर्शन मिति तोकेको चलचित्र ‘धुन’को रिलिज पोष्टपोण्ड भएको छ । प्रदर्शनको लागी तोकिएको दिन नजिकिादै गर्दा चलचित्रको प्राविधिक काम नसकिएको र पब्लिसिटी पनि नपुग्ने अवस्था आएको भन्दै निर्माण युनिटले चलचित्रको रिलिज पोष्टपोण्ड गरेको हो ।

Nepali Movie Song Dhoon
‘हामी जुन तयारीका साथ चैत्र ६ मा रिलिज गर्न लागिपरिरहेका थियौा, त्यो अनुसार सम्पादनको काम पनि नसकिने अवस्था आयो र पब्लिसिटी पनि सोचेअनुसार पुग्ने नदेखेर रिलिज मिति सार्ने निर्णयमा पुग्यौं, निर्माता मालती शाहले भनिन् । उनका अनुसार अब यो चलचित्र जेठ पहिलो साता मात्रै रिलिज हुनेछ ,यद्धपी मिति भने तय भएको छैन् ।
क्लासिक स्टुडियो बिजुलीबजारमा सम्पादनको क्रममा रहेको यो चलचित्रले साागितिक प्रेम कथालाई समेटेको छ । कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र सर्दै गर्दा यसको प्रत्यक्ष फाईदा भने चैत्र १३ मा आउने चलचित्र ‘भुलभुलैया’लाई पुगेको छ । अघिल्लो हप्ता प्रदर्शनमा आउने भनिएको ‘धुन’का लिड कलाकार जीवन लुईटेल र नीता ढुङ्गाना नै योगेश घिमिरे निर्देशित ‘भुलभुलैया’का लिड कलाकार रहेकोले पनि एउटै आर्टिस्ट हुादा दुबै चलचित्रलाई प्रभाव पर्ने बताईंदै आएको थियो ।
चैत्र ६ मिति एसएलसी परिक्षाको बीचमा पर्नुको कारण पनि चलचित्र सार्नुको अर्को कारण हुनसक्छ । ‘धुन’मा जीवन र नीतासागै मुकेश ढकाल लिड रोलमा छन् । विरेन्ऽ भट्टले खिचेको यो चलचित्रमा सुशिल शाह, विनोद भट्ट, श्रेया दुलाल, मधुसुदन ढकालको लगानी छ ।

प्रतिक्रिया