Bisal Chautari Logo

राजधानीमा ‘इच्छा’को प्रिमियर

- ५ फाल्गुन २०७१, मंगलवार १७:०४ मा प्रकाशित


 Nepali Movie Ichchha premiere
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ५, मंगलबार । फाल्गुन ८ मा देशव्यापी रिलिज हुने नेपाली चलचित्र ुइच्छाुको राजधानीमा भव्य प्रिमियर गरिएको छ । सोमवार साँझ चलचित्र युनिट तथा सञ्चारकर्मीको सहभागितामा केएल टावरस्थित एफक्यूब सिनेमामा रिलिजको चार दिन अगावै प्रिमियर गरिएको हो ।

Nepali Movie Ichchha premiere
प्रिमियरमा उपस्थित सबैले चलचित्रको राम्रो भएको बताउँदै इच्छाु आम नेपालीको चलचित्र भएकोले हेर्नैपर्ने बताए । निर्देशक मुनाल घिमिरेले आफुले दुई चलचित्र निर्माण गर्दाको अनुभवलाई यो चलचित्रमा प्रयोग गरेको बताए । यसै चलचित्रबाट निर्देशनमा आएका घिमिरेले आँफुले सँधै नेपाल र नेपाली भित्रका तर नदेखिएका कथालाई चलचित्रमा रुचाउने हुँदा इच्छाुलाई पनि मौलिक नेपाली चलचित्र बनाएको जिकिर गरे ।
नायक सुवास थापाले आफ्नै चलचित्र इच्छा हेरेपछि आफ्नो भुमिका आँफैलाई मन परेको बताए । उनले यो चलचित्र हेरेर दर्शक निराश हुनु नपर्ने ठोकुवा गरे । त्यस्तै, नायिका शिखा शाहीले यो चलचित्र आफ्नो फिल्मी करियरको विधाता रहेको बताइन् । अर्का नायक दयाहाङ् राई भने व्यस्तताको कारण प्रिमियरमा सहभागी भएनन् ।
दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको ुइच्छाुमा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको यस चलचित्रमा गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको छ ।

प्रतिक्रिया