Bisal Chautari Logo

‘तक्मे बुढा’को रिति तिथि जोगाउने ‘नाइन्टिन फाउन्टिन’ गीत सार्वजनिक

- ५ फाल्गुन २०७१, मंगलवार ११:१७ मा प्रकाशित


Takme Budo Nineteen Fauntin Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ५, मंगलबार । हास्य अभिनेता विल्सन विक्रम राइले पुरानो रिति तिथि जोगाइराख्ने आफ्नो चचिर्त गीत ‘नाइन्टिन फाउन्टिन’को भिडियो सार्वजनिक गरेका छन् । यो गीतमा यो गीतमा पूर्वका संकृतीलाई पनि देखाइएको छ ।

Takme Budo Nineteen Fauntin Song
हास्य अभिनयबाट गायनमापनि छिरेका विल्सनको यस म्युजिक भिडियोलाई सुनिल जंग थापाले निर्देशन गरेका हुन् भने भिडियोलाई विक्रम थापाले खिचेका हुन् । म्युजिक भिडियोमा हास्य अभिनेता विल्सन विक्रम राईले ‘तक्मे बुढा’कै पहिरन लगाएका छन् ।
केही महिना अगाडी यस गीतलाई रेकर्डिङ स्टुडियोमा खिचिएको भिडियो युटुवमा सार्वजनिक गरेपछी दर्शकहरुले अत्याधिक रुपमा रुचाएका थिए । २ दिन अगाडी सार्वजनिक गरिएको म्युजिक भिडियोलाई ३० हजारले हेरीसकेका छन् ।

watch video

प्रतिक्रिया