Bisal Chautari Logo

बाबु बोगटीको श्रीमतीको नाम खुल्यो–‘फुलू मिजार’

- १४ आश्विन २०७०, सोमबार १४:११ मा प्रकाशित


१४ असोज, काठमाडौ । बिहे गरेको महिना दिन बित्न लाग्दा पनि नायक तथा गायक बाबु बोगटीले आफ्नो श्रीमतीको नाम सार्वजनिक गरेका छैनन् । श्रीमतीलाई रहस्यमै राखेका बाबुले पत्रकार सम्मेलन गरेरै सबै कुरा बताउने भन्दै आएका छन् । तर त्यो रहस्य अनलाईन खबरले सार्वजनिक गरेका छन् ।
अमेरिकामा बस्दै आएकी फुलू मिजारसँग गायक बाबुको लगन जुरेको हो । फुलू अमेरिकामा नै जागिर गर्दै आएकी छिन् । उनी हाल २७ बर्षकी भइन् । दमक घर भएकी फुलूसँग बाबुको चिनजान भएको ३ बर्ष भयो । बाबुसँगै परिवारसँगै पनि नजिक भएपछि यि दुइको लगनगाँठो कसिएको हो । बिहे गरेपछि बाबु र फुलू एक पटक दमक पुगेको बताइन्छ । दमकमा फुलूको सानीआमाको परिवार छ । बिहे हतारमा गर्नु परेकाले पनि बाबुले धेरैलाई खबर गर्न पाएका थिएनन् । फुलूको परिवार भने अहिले अमेरिकामा बस्दै आएको छ । बाबुले फुलूलाई सार्वजनिक कार्यक्रममा ल्याउन सकेका छैनन् । बिशेषगरी फुलू मिडियाको प्रश्नको जवाफ दिन पर्ने भएकाले पनि सार्वजनिक कार्यक्रममा आउन चाहेकी छैनन् ।

प्रतिक्रिया