Bisal Chautari Logo

गैडाको ‘चकलेट’ ट्रेलर र गीत सार्वजनिक (फोटो फिचर सहित)

- ४ फाल्गुन २०७१, सोमबार १६:१५ मा प्रकाशित


Nirmal Sharma and Poozana Stri chocolate nepali movie
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, फल्गुन ४, सोमबार । हास्य अभिनेता निर्मल शर्मा ‘गैडा’ले निर्देशन गरेको चलचित्र ‘चकलेट’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । आज काठमाण्डौको कुमारी हलमा एक भब्य औपचारिक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर र गीत सार्वजनिक गरिएको हो ।

Nirmal Sharma and Poozana Stri chocolate nepali movie (1)
अभिनेत्री पुजना स्त्रीले निर्माण गरेको चलचित्र ‘चकलेट’ले सडक बालबालिकाको कथा बोल्ने बताइएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा सिनेमाकी अभिनेत्री पुजना, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, हास्य अभिनेत्री दीपाश्री निरौला, दिपकराज गिरी, अभिनेत्री पुजा शर्मा, रजनी केसी, अभिनेता रमेश उप्रेती, बैकर तथा अभिनेत्री रविना देशराज श्रेष्ठ, गायिका आस्था रावत, मिलन अमात्य लगायत पुगेका थिए ।

Nirmal Sharma and Poozana Stri chocolate nepali movie (7)
कार्यक्रममा बोल्दै निर्देशक निर्मल शर्माले आफूले यस चलचित्रलाई राम्रो बनाउन सक्दो मेहेनत गरेको बताउदै दर्शकहरुलाई सिनेमा हेरिदिन आग्रह गरे । त्यस्तै अभिनेत्री पूजना स्त्रीले १४ बर्षको उमेरमा आफूलाई निर्माता छविराज ओझाले पहिलो पटक पर्दामा अभिनय गराएको स्मरण गर्दै चलचित्र ‘चकलेट’बाट निर्मल शर्माले आफूलाई नयाँ ढंगले प्रस्तुत गराएको बताइन् ।
चलचित्रको प्रदर्शन मिति तय नगरिएको यो चलचित्रमा अभिनेत्री पूजनाका साथमा आयुष्मान घिमिरे, नम्रता झा, सुमन गैरे लगायतका कलाकारको अभिनय रहेको छ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8434,8437,8436,8435,8433,8432,8429″]

प्रतिक्रिया