Bisal Chautari Logo

‘अझैपनि’ दुई जोडी सुदर्शन–पुजा र पुष्प–सुरक्षाको प्रेम दिवसमा माया साटासाट

- ३ फाल्गुन २०७१, आईतवार १५:५९ मा प्रकाशित


Sudarshan Thapa, Pooja Sharma, surakshya panta & puspa khadka
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ३, आइतबार । फाल्गुण १५ मा देशव्यापी रिलिज हुन लागेको नेपाली चलचित्र ‘अझै पनि’ यूनिट प्रेम दिवसमा आयोजित एक भव्य कार्यक्रममा सहभागि भएको छ । कायरा बुटिकले आयोजना गरेको ”भ्यालेण्टाइन रनवे रोमाञ्स”मा आफ्नो बिशेष प्रस्तुती दिदै प्रेम दिवस र चलचित्रको बिशेष अर्थ दर्शाएको छ ।

Sudarshan Thapa, Pooja Sharma, surakshya panta & puspa khadka
नेपालका चचिर्त सेलिब्रेटीका जोडीले क्याटवाक गरेको उक्त कार्यक्रममा चलचित्र ‘अझै पनि’ युनिट पनि रनवेमा देखिएको हो । चलचित्रका तर्फबाट मुख्य कलाकारहरु तथा निर्माता सहभागी थिए । अभिनेता सुदर्शन थापा र अभिनेत्री पुजा शर्माले प्रेम दिवसमा माया प्रेम साटासाट गर्दा अर्को जोडी सिनेमाकै नव अभिनेता पुष्प खड्का र अभिनेत्री सुरक्षा पन्त रनवेमा प्रेम झल्काउदै हिँडेका थिए ।
त्यस्तै कार्यक्रममै निर्माताद्धय पुनम गौतम र सुदर्शन थापाले पनि क्याटवाक गरे । कार्यक्रममा बोल्दै निर्माता पुनम गौतमले चलचित्र रिलिज मिति नजिकिँदै गर्दा आफु उत्साहित रहेको र बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा ‘अझै पनि’को प्रस्तुती राख्न पाउँदा खुशी भएको बताईन् । सिनेमाकै अर्का निर्माता तथा अभिनेता सुदर्शन थापाले फरक प्रकृतिका चलचित्र भन्दै चलचित्र क्षेत्रमा बनिरहेका चलचित्र जस्ता नभएर पुरानै शैलिमा नेपाली समाज भित्रकै महत्वपूर्ण घटना र कथालाई लिएर चलचित्र बनेको बताए । उनले स्व. निर्देशक आलोक नेम्वाङको अन्तिम चलचित्र ‘अझै पनि’ उत्कृष्ट बनेको दावी गर्दै चलचित्र हेरेर साथ दिन सबैलाई आग्रह गरे ।
”भ्यालेण्टाइन रनवे रोमाञ्स”मा चलचित्र क्षेत्रका केही चचिर्त जोडीहरुले क्याटवाक गरे । नायिका झरना थापा र निर्माता सुनिल कुमार थापा, नायक मुकेश ढकाल र नायिका मेलिना मानन्धर, नायिका निता ढुंगाना र नायक आमेश भण्डारी, नायक दीलीप रायमाझी र उनकी श्रीमति मञ्जु रायमाझी, फेसन डिजाईनर विश्व गौतम र उनकी श्रीमती साथै साप्ताहिक पत्रिकाका सम्पादक सुवास ढकाल र उनकी श्रीमतीले क्याटवाक गरेका थिए ।

प्रतिक्रिया