Bisal Chautari Logo

‘वन वे’ निर्माता राजकुमारले गायक श्यामको विनायो रेस्टुरेन्ट उद्घाटन गरे

- २ फाल्गुन २०७१, शनिबार १२:४६ मा प्रकाशित


rajkumar rai lunch Binayo Restaurant singer shyam samsong rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन २, शनिबार । चर्चित युवागायक श्याम साम्सोङले रेस्टुराँ व्यावसाय सुरु गरेका छन । श्यामको लगानी रहेको अनामनगरस्थित विनायो क्याफे एन्ड रेस्टुरेन्टको उद्घाटन अहिले प्रर्दशन भइरहेको ‘वन वे’ चलचित्रका निर्माता तथा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले आज शनिबार उदघाटन गरेका हुन् ।

rajkumar rai lunch Binayo Restaurant singer shyam samsong rai
उद्घाटन भएको रेस्टुरेन्ट र गायन यात्रालाई विचमा राखेर कुरा गर्दै गायक श्यामले आफु पुर्ण रुपमा व्यावसायीक गायक भएको प्रश्ट्याए । संगीतकर्मबाट बचेको समयलाई रेस्टुरेन्ट व्यावसायमा लगाउने प्रयास गरेको हुँ उदघाटन कार्यक्रममा श्यामले भने ।
रेस्टुराँ उदघाटनपछि गायक श्यामलाई शुभकामना दिँदै प्रमुख अतिथी बनेर पुगेका निर्माता राजकुमार राईले रेस्टुरेन्ट व्यावसाय पनि मनोरञ्जन क्षेत्रमा पर्ने भएकाले दुवै क्षेत्रमा सफल हुने विश्वास व्यक्त गरे ।
मुर्चुङामा रोई, मैच्याङ हो मैच्याङ, कस्तो कस्तो हुने रहेलगायतका ५०भन्दा बढी गीतमा स्वर दिएका उनले मुर्चुङा, साइमा, पारुहाङ सुम्निमागरी तीन वटा एकल एल्बम श्रोतामाझ ल्याइसकेका छन् । भारतीय दुतावासको छात्रवृतिमा भारतको लखनउस्थित भातखण्डे संगीत विश्वविद्यालयबाट एमम्युज गरेका श्याम ई एन्ड डब्लु म्युजिक प्रालीका सञ्चालक पनि हुन् । अहिले चौथो एकल एल्बमको तयारीमा रहेका श्यामले गायन र रेस्टुरेन्ट व्यावसायलाई मिलाएर अगाडी बढ्ने बताए ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8413,8414,8415,8412″]

प्रतिक्रिया