Bisal Chautari Logo

तरुनि प्रकरणमा चौधरी ग्रुपका अर्वपति विनोदका छोरा

- १५ आश्विन २०७०, मंगलवार ०४:५४ मा प्रकाशित


१५ असोज, काठमाडौं । नेपालकै अग्रणी औद्योगिक प्रतिष्ठान भन्न रुचाउने चौधरी ग्रुपभित्र अहिले नकारात्मक घट्नाहरु घट्न थालेका छन् । राजस्व छलेरै भए पनि विश्वका अर्बपतिको सूचीमा विनोद चौधरी चर्चामा छाइरहँदा उनका पुत्र निर्वाण चौधरी ‘तरुनी’ प्रकरणमा परेका स्रोतले बताएको विक्लि पोष्टले खबर प्रकाशन गरेको छ ।‘तरुनी’ प्रकरणले नै निर्वाणको छ वर्षे वैवाहिक जीवन टुटिसकेको भए पनि त्यसलाई सार्वजनिक नगरिएको स्रोतले नयाँ विमर्शसँग दाबी गरेको छ । निर्वाण कार्की थरकी एक केटीको पछि लागेका छन् । उनीहरु राती अबेरसम्म विभिन्न बार, क्लब र रेस्टुरेन्टमा भेटिने गरेको जानकारी दिंदै स्रोतले भन्यो, ’बेलायतबाट उच्च शिक्षा हासिल गरेका निर्वाण र कार्कीको अध्ययनका क्रममा उतै चिनजान भएको हो । करिब छ वर्षअघि परिवारको इच्छामा बेलायतकै धनाढ्य भारतीय मूलका लक्ष्मी मित्तलकी भतिजी अर्थात् अशोक मित्तलकी छोरीसँग भारतको पर्यटकीयस्थल गोवामा निकै तामझामका साथ निर्माणको विवाह भएको थियो । उत्त विवाहमा सरिक हुने जन्तीलाई विनोद चौधरीले जेट विमानकै व्यवस्था मिलाएका थिए । करोडौ खर्च गरेर गरिएको वैवाहिक सम्बन्ध छ महिना पनि राम्रोसँग टिक्न नसकेको स्रोतको दाबी छ । त्यसको मुख्य कारण निर्वाणको प्रेमीका मोह रहेको बताइन्छ । कार्कीसँग प्रेममा फसिसकेका निर्वाणले उनलाई घरमा भित्रयाउन भने नसकिरहेको स्रोतको दाबी छ । परिवार यसका लागि बाधक बनिरहेको बताइएको छ । सामान्यतया मारवाडी समुदायले अर्का जातलाई परिवारको सदस्यका रुपमा भित्रयाउने चलन छैन । चौधरी ग्रुपको प्रबन्ध निर्देशक रहेका निर्वाण कार्यमा भन्दा जुनसुकै बेला प्रेमिकासँग नै गफिन थालेको भन्दै परिवारका सदस्य उनीसँग असन्तुष्ट बन्दै आएको बताइन्छ । विनोदका तीन पुत्रमध्ये दुई जना विदेशमा गई विनोदको कारोबार सम्हालिरहेका छन् भने प्रेमिका मोह कै कारण निर्माण भने नेपालमै रमाइरहेका पनि स्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया