Bisal Chautari Logo

तमोरमा ‘पानी मिठो’

- ७ जेष्ठ २०७१, बुधबार ०२:४४ मा प्रकाशित


suman-shrestha-sangam
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१, जेठ ७, बुधवार ।
गायक सुमन श्रेष्ठ ‘संगम’ ले आफ्नो नयाा गीत ‘पानी मीठो’ को म्युजिक भिडियो रिलिज गरेका छन् । उक्त भिडियोको छायांकन तमोर नदी र त्यस आसपासमा गरिएको छ । केही समयअघि मात्र गायक सुमनको ‘एक नजर तिमीले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो ।
सुमनको ‘पानी मीठो’ गीतको म्युजिक भिडियाको निर्देशन केदार धितालले गरेका छन् । यसअघि पनि समुनको भिडियो धितालले नै निर्देशन गरेका थिए । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा आफूलाई जमाउादै आएका धितालले ‘पानी मीठो’ गीतको भावनाअनुसार तमोर नदी र त्यस वरपर छायांकन गरिएको बताए ।
वृष म्युजिक प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका धितालले भने, ‘म्युजिक भिडियो गीतको भावनाअनुसार हुन जरुरी छ, भिडियोमा भाव समेट्न सकिएन भने खल्लो हुन्छ त्यो गीत ।’ सुमनको एल्बम ‘सुमन’ वृष म्युजिकले नै श्रोतासमक्ष ल्याएको हो । छायांकन गरिएका दुवै गीत एल्बम ‘सुमन’ कै हो । मोफसल धरानमा बसेर सांगीतिक करिअर सुरुआत गरेका सुमन पछिल्लो समय उदाउादो गायकका रूपमा चिनिन्छन् ।

ad

प्रतिक्रिया