Bisal Chautari Logo

सुमाया राईको ‘तातो हावा’ बिमोचित

- १ फाल्गुन २०७१, शुक्रबार ११:३३ मा प्रकाशित


Sumaya Rai albam tato hawa
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन १, शुक्रबार । किरात राई यायोख्खाका पूर्व अध्यक्ष एवं त्रिवि मनोविज्ञान विभागका उपप्राध्यापक गीतकार सुमाया राईको गीति एल्बम ‘तातो हावा’ को बिमोचन गरिएको छ । एल्बमको विमोचन नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्राज्ञ गणेश रसिकको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

Sumaya Rai albam tato hawa
६ गीत समावेश गरिएको एल्बममा संगीतकार शान्तिराम राईको चार वटा र पारस मुकारुङको दुईवटा संगीत समावेश रहेको छ । जसलाई गायक उदय सोताङ, राजेशपायल राई, अन्जु पन्त, मिलन अमात्य र भिषण मुकारुङले गायका छन् ।
‘तातो हावा’ नामक एल्बममा प्रेम, वियोग जस्ता भावका गीतहरु सुन्न सकिन्छ । विमोचित एल्बमको बारे समिक्षा गर्दै समालोचक डा. कृष्णहरि बरालले भने गीतकार सुमाया राईको गीतिकारिता फरक शैली र प्रश्तुतीबाट उद्घाटीत भएको छ, समसामयीक लेखन र बैचारिक पद्धतीमा आफ्नो मौलिक शिल्पीद्धारा विचारलाई गीतको माध्यमबाट संप्रेषण गरेर आफ्नो दह्रो उपस्थिति गीति क्षेत्रमा देखाउनु अत्यन्तै राम्रो कुरा हो’, बरालले समिक्षा गरे ।
त्यस्तै एल्बमका संगीतकार तथा प्राज्ञ शान्तिराम राईले शब्दलाई संगीतमा न्याय दिन आफ्नो ज्ञान र विवेकले सके जति कुनै कन्जुस्याइा नगरेको खुलासा गरे । प्रमुख अतिथि गणेश रसिकले गीतले बोकेको मर्म र भावलाई संगीतले समात्न सकेको हुादा तातो हावा जीवन्त बन्न सकेको कुरामा कुनै सन्देह नरहेको कुरा व्यक्त गरे । कार्यक्रममा किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष यसोदा राई लगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा लण्डन बाटै गीतकार सुमाया राईले प्रत्यक्ष भाईबरको सहायतामा सम्बोधन गर्दै उपस्थित सवैलाई धन्यवाद ज्ञापन गरेको थिए ।

प्रतिक्रिया